Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

५२ वर्षीय सावित्रा संग्रौलाले पहिलो चोटी गरी रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ११,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौँ ११ पर्सा ।
पत्रकार महिलाले संचालन गरेको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको छैठौं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्याक्रममा ४ जना महिला सहित ५४ जनाले रक्तदान गरेका छन् । शनिबार वीरगन्जको होटल कुमुमा मध्य नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जना पुरुष सहित ५४ जनाले रक्तदान गरेका हुन् ।

अत्याधिक गर्मीको समयमा अस्पतालहरुमा बिरामीको चाप बढिरहेको कुरालाई मध्यनजर गरी मध्य नेपालले आफ्नो बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । सो रक्तदान कार्यक्रममा पत्रकार महिला तथा बीबीसी नेपाली सेवाकी पर्सा सम्बाददाता माधुरी महतो, सावित्रा संग्रौला, जरिना खातुन र अनिता साह तेली लगायतका महिलाले रक्तदान गरेका थिए ।
५१ पटक रक्तदान गर्ने श्रेष्ठ सम्मानित
पुरुष रक्तदाताहरुमा भवानी हस्पिटलका संचालक राम राज श्रष्ठले पनि आफ्नो ५१ औं पटकको रक्तदान त्यही पुगेर गरेका छन् । सो क्रममा उनले रक्तदान गर्दा शरीरमा कुनै प्रकारको कमजोरी नहुने र उल्टै सकृयता बढ्ने कुरा बताए । शनिबार मध्य नेपालले गरेको रक्तदान कार्यक्रममा सबैभन्दा धेरै पटक रक्तदान गर्नेहरु मध्येमा उनी दरिएपछि आयोजक मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काले उनलाई खादा र माला सहित सम्मान गरेकी थिइन् ।
सो रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, शिवनाथ प्रसाद यादव, प्रविण खड्का, जियालाल साह, रविकुमार गुप्ता, तवरेज अहमद, संस्कार रिमाल, कमलप्रसाद बराल, धिरज सिंह, शनि पटेल, दुर्गानन्द साह, वीरेन्द्र प्रसाद साह, प्रज्वल पल्वान, लक्ष्मण लामा, सन्दिप मगर, शशिकान्त प्रसाद, रोहित कुमार चौधरी, डिक बहादुर खड्का, राजु गुप्ता, सतिस हजारा, ग्रिस कुमार सिंह, सौरभ प्रताप सिंह, दिनेश लामाले रक्तदान गरेका थिए ।
त्यसै गरी सावन थापा, नरेश प्रसाद यादव, योगेन्द्र पटेल, जितेन्द्र शर्मा, साहेव साह कानू, प्रथम पटेल, रामजी पटेल, गणेश कुमार प्रजापति, राजेन्द्र भट्टराई, सन्तोष कुमार कुशवाहा, शिव बचन राउत कुर्मी, महेन्द्र प्रसाद यादव, सुरेन्द्र प्रसाद कुर्मी, प्रयाग प्रसाद यादव, विन्देश्वर प्रसाद पटेल, निखिल सापकोटा, संदिप कुमार कुर्मी, अजय बानिया, नरेश पटेल, रोशन श्रेष्ठ, अजय कुमार साह, सन्तोष रिजाल, संजोग मिश्र, अनिष चौधरी, जफरन अंसारी र साविर अहमद लगायतले रक्तदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र ११,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद