Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला समन्वय समिति पर्साको निर्वाचनमा गठबन्धनको प्यानल विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला समन्वय समिति पर्साको निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको छ । जिसस पर्साको निर्वातनमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनले उम्मेदवरी दएका थिए ।
जिसस पर्साको शुक्रबार भएको निर्वाचनमा प्रमुखमा जसपाका निरन्जन साह सोनार र उपप्रमुखमा एमालेका पुरन कुर्मी निर्वाचित भएका हुन् । सदस्यमा पनि जसपा एमालेकै गठबन्धनका उम्मेदवार ७ विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार , जिससको प्रमुखमा सोनार १५ मतका साथ निर्वाचित भएका भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सरोज चौरसीयाले भने १३ मत मात्रै पाएका छन् ।
यस्तै उपप्रमुखमा एमालेका कुर्मी पनि १५ मतका साथ निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी काँग्रेसकी कुमारी सोनीले भने १३ मत मात्रै पाएकी छन् ।
जिससको ७ जना सदस्यमा जसपाका विजय कुमार राउत , राजपति देवी , व्यान्ति देवी कुर्मी , एमालेका राम प्रसाद यादव , सुशीला कामी , श्रीकान्ति देवी थरुनी र सलिम मिया अन्सारी निर्वाचित भएका छन् ।
सदस्यमा अरु सबैले १५–१५ मत पाउदा जसपाका राउत भने १६ मत पाएर विजयी भएका हुन् ।
शुक्रबार भएको निर्वाचनमा पर्साका १४ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि २८ जनाले मतदान गरेका थिए ।
सत्तागठबन्धनको शीर्ष नेतृत्वले जिससको निर्वाचनमा पनि सत्तारुढ दलहरुकै बिच गठन गठबन्धन गर्न निर्देशन दिएको थियो । तर जिसस पर्साको निर्वाचनमा भने सत्तारुढ दल जसपाले भने एमालेसंग गठबन्धन गरेको उम्मेदवारी दिएको थियो । काँग्रेसले भने सबै पदमा एकल उम्मेदवारी दिएको थियो । उसलाइ १ पालिका प्रमुख जितेको लोसपाले समर्थन गरेको थियो ।
पर्सामा रहेको १४ स्थानीय तहमा बैशाख ३० को निर्वाचनमा प्रमुख र उपप्रमुख गरि कांग्रेसले १२ पद , एमालेले १० पद , जसपाले ५ र लोसपाले १ जना प्रमुख पद जितेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद