Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला समन्वय समिति पर्साको निर्वाचनमा गठबन्धनको प्यानल विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला समन्वय समिति पर्साको निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको छ । जिसस पर्साको निर्वातनमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनले उम्मेदवरी दएका थिए ।
जिसस पर्साको शुक्रबार भएको निर्वाचनमा प्रमुखमा जसपाका निरन्जन साह सोनार र उपप्रमुखमा एमालेका पुरन कुर्मी निर्वाचित भएका हुन् । सदस्यमा पनि जसपा एमालेकै गठबन्धनका उम्मेदवार ७ विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार , जिससको प्रमुखमा सोनार १५ मतका साथ निर्वाचित भएका भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सरोज चौरसीयाले भने १३ मत मात्रै पाएका छन् ।
यस्तै उपप्रमुखमा एमालेका कुर्मी पनि १५ मतका साथ निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी काँग्रेसकी कुमारी सोनीले भने १३ मत मात्रै पाएकी छन् ।
जिससको ७ जना सदस्यमा जसपाका विजय कुमार राउत , राजपति देवी , व्यान्ति देवी कुर्मी , एमालेका राम प्रसाद यादव , सुशीला कामी , श्रीकान्ति देवी थरुनी र सलिम मिया अन्सारी निर्वाचित भएका छन् ।
सदस्यमा अरु सबैले १५–१५ मत पाउदा जसपाका राउत भने १६ मत पाएर विजयी भएका हुन् ।
शुक्रबार भएको निर्वाचनमा पर्साका १४ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि २८ जनाले मतदान गरेका थिए ।
सत्तागठबन्धनको शीर्ष नेतृत्वले जिससको निर्वाचनमा पनि सत्तारुढ दलहरुकै बिच गठन गठबन्धन गर्न निर्देशन दिएको थियो । तर जिसस पर्साको निर्वाचनमा भने सत्तारुढ दल जसपाले भने एमालेसंग गठबन्धन गरेको उम्मेदवारी दिएको थियो । काँग्रेसले भने सबै पदमा एकल उम्मेदवारी दिएको थियो । उसलाइ १ पालिका प्रमुख जितेको लोसपाले समर्थन गरेको थियो ।
पर्सामा रहेको १४ स्थानीय तहमा बैशाख ३० को निर्वाचनमा प्रमुख र उपप्रमुख गरि कांग्रेसले १२ पद , एमालेले १० पद , जसपाले ५ र लोसपाले १ जना प्रमुख पद जितेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद