Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एक वर्षमा १० जनाको डुबेर मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २३,सोमबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा जिल्लामा एक वर्षमा १० जनाको डुबेर मृत्यु भएको छ । एक वर्ष भरीमा चार जना पुरुष, चार बालक र दुई जना बालिका गरी १० जनाको पानीमा डुबेर मृत्यु भएको छ । २०७८ साउनदेखि २०७९ जेठ १८ सम्म पानीमा डुबेर उहाँहरुको मृत्यु भएको देखिएको हो ।

जिल्लाको बिभिन्न पालिकामा रहेका नदी, तलाउ र स्थानीय पोखरीमा नुहाउने क्रममा तथा बर्षायाममा नदी पार गर्नेक्रममा उहाँहरुको डुबेर मृत्यु भएको बारा प्रहरी कार्यालयले जनाएको छ ।

हिजो बुधबार पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हवी नगरपालिका वडा ११ बेलवा टोेलका ५२ बर्षीय बीरनाथ चौधरी रहेको ईलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।

यसैगरी कलैया उपमहानगरपालिका –१६ मझौलिया टोलका मजबुल्लाह अन्सारीको छोरा अन्दाजी आठ नौ वर्षका यस्तफा अन्सारी रहेको अस्थायी प्रहरी पोष्ट बसपार्क कलैयाले जनाएको छ ।

चौधरी दिउँसो घर नजिकै रहेको पोखरीको डिलमा घाँस काट्न गएका थिए । राती अबेरसम्म फिर्ता नआएपछि खोजतलास गर्दा हिजो राती साढे ९ बजे पोखरीमा उहाँको शव फेला परेको थियो । परिवारका सदस्यले प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

यस्तै बुधबार साँझ पौने ५ बजे चार पाँच जना बच्चाहरुले कलैया उमनपा।–१६ मझौलियाको पोखरीमा पौडी खेल्न गएकाबेला डुबेर घाईते भएका अस्तफाको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा सवा ५ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

मृत्यु भएका चौधरी र अन्सारीको शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको थापाले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ जेष्ठ २३,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ जेष्ठ २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद