Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आफ्नै स्थानीय सरकार हुँदा संघीय सरकार गुहार्दै परवानीपुर–५ का स्थानीय

by प्रणय साह
प्रकाशित : २०८३ आश्विन १९,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर — स्थानीय तहलाई नागरिकको नजिकको सरकार मानिन्छ। तर परवानीपुर गाउँपालिका–५ सानो नौतनका स्थानीय भने आफ्नै स्थानीय सरकारबाट लामो समयदेखि समाधान नभएको सडक तथा जलनिकासको समस्या लिएर संघीय सरकारको ध्यानाकर्षण गराउनुपर्ने अवस्थामा पुगेको बताए।

टोलको मुख्य प्रवेशद्वार र सहायक सडकमा तीन महिनादेखि पानी जमेको स्थानीयको गुनासो गरेका छन् । जलमग्न सडकका कारण दैनिक आवतजावतदेखि विद्यालय जाने बालबालिकासम्म प्रभावित भएको स्थानीयहरु बताउँछन्।
“हाम्रो आफ्नै वडा र गाउँपालिका छ। समस्या पनि यहीँका जनप्रतिनिधिलाई भनेका छौं। तर तीन महिनासम्म पनि बाटोको पानी निकास भएन। अब कसलाई गुहार्ने?” एक स्थानीयले प्रश्न गरेका थिए ।
स्थानीयका अनुसार पानी जमेको बाटो प्रयोग गर्दा खुट्टा चिलाउने, सुन्निने तथा फुल्ने समस्या देखिन थालेको छ। एलर्जीको औषधि सेवन गर्दै त्यही बाटो भएर आवतजावत गर्नुपरेको एक स्थानीय महिलाले बताइन्।
जलमग्न सडकका कारण बालबालिकालाई विद्यालय पठाउनसमेत कठिन भएको स्थानीय बचिया देवीले बताइन्। उनका अनुसार छोरीलाई नरसिंह स्कुल, पिपरा मठ जान जलमग्न बाटो छलेर पुरानो वडा नम्बर ९ हुँदै एकान्त नहरको पक्की सडक प्रयोग गर्नुपर्ने अवस्था छ।
“आफ्नै स्थानीय सरकार हुँदाहुँदै पनि हाम्रो समस्या समाधान भएन। अब संघीय सरकारको ध्यान जाओस् भन्ने चाहना हो,” स्थानीयको भनाइ रहेको छ।
स्थानीयले पानीको तत्काल निकास, सडक मर्मत र दीर्घकालीन जलनिकासको व्यवस्था गर्न माग गरेका छन्। साथै समस्या समाधानका लागि वडा तथा गाउँपालिकाले के पहल गरेको हो भन्नेबारे स्पष्ट जानकारी दिनुपर्ने उनीहरूको माग रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा ५५० थान कपडा वितरण
राष्ट्रिय

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा ५५० थान कपडा वितरण

प्रकाशित : २०८३ आश्विन १९,सोमबार
नेसनल मेडिकल कलेजसम्बन्धी आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको आपत्ति
राष्ट्रिय

नेसनल मेडिकल कलेजसम्बन्धी आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको आपत्ति

प्रकाशित : २०८३ आश्विन १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद