Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नारायणी अस्पताल भ्रष्टाचार मुद्दा – विशेषको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार १६,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । नारायणी अस्पतालको आपत्कालीन भवन निर्माण ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको सफाइविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट भएको फैसलाप्रति असहमति जनाउँदै आयोगले असार १५ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो।

आयोगले नारायणी अस्पताल पर्साका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट संजयकुमार ठाकुरसहितका प्रतिवादीविरुद्ध सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत आपत्कालीन भवन निर्माणको ठेक्का प्रक्रिया सञ्चालन गरी अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार १ करोड ८४ लाख ३८ हजार ४ सय ५८ रुपैयाँ ७० पैसा बिगो कायम गर्दै सोही बराबरको जरिवाना, कैद, बिगो असुलउपर तथा ठाकुरलाई दफा २४ बमोजिम थप सजायको मागसहित आरोपपत्र दायर गरिएको थियो।

विशेष अदालतले भने २०८२ पुस १४ गतेको फैसलाबाट सबै प्रतिवादीलाई सफाइ दिएको थियो। सोही फैसलाविरुद्ध आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन
मुख्य समाचार

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन

प्रकाशित : २०८३ असार १६,मंगलवार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
राष्ट्रिय

हत्कडीसहित फरार थुनुवा भोलिपल्ट आफैं हाजिर

प्रकाशित : २०८३ असार १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद