Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामुदायिक विद्यालयका विद्यार्थीका लागि एकमहिने विज्ञान तथा प्रविधि तालिम सञ्चालन

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नं। २४ को आर्थिक सहयोग तथा एडरोबोटिक्सको प्राविधिक सहकार्यमा सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि एकमहिने विज्ञान तथा प्रविधि तालिम श्री शारदा माध्यमिक विद्यालय, बहुअरीमा सञ्चालन गरिएको छ।

विद्यार्थीहरूमा विज्ञान, प्रविधि, नवप्रवर्तन तथा सिर्जनशील सोचको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले उनीहरूको शैक्षिक तथा व्यावहारिक क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवालको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा वडा अध्यक्ष विजय पटेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा वडा सदस्य सीता देवी र सदाम हुसेन, वडा सचिव सतिश श्रीवास्तव, सहायक सचिव सुरज यादवलगायतको उपस्थिति रहेको थियो।

तालिममा सिद्धार्थ पटेल, लालबाबु गिरी तथा दिनेश महतोले प्रशिक्षक तथा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन्।

कार्यक्रममा वक्ताहरूले विज्ञान तथा प्रविधिको तीव्र विकास भइरहेको वर्तमान युगमा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, अनुसन्धानमुखी सोच तथा आधुनिक सीपसँग जोड्न यस्ता तालिमहरू अत्यन्त आवश्यक रहेको बताएका थिए। उनीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे।

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई गुणस्तरीय, व्यावहारिक तथा समयानुकूल शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय तह र निजी क्षेत्रबीचको सहकार्यमा सञ्चालन भएको यस पहललाई शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूको क्षमता अभिवृद्धितर्फको सकारात्मक र उदाहरणीय कदमका रूपमा हेरिएको छ।

कार्यक्रमको सञ्चालन शिक्षक यज्ञराज सापकोटाले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
सिटिजन्स बैंकद्वारा जनजाति कल्याण आश्रमका ३२ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
आर्थिक

सिटिजन्स बैंकद्वारा जनजाति कल्याण आश्रमका ३२ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद