वीरगञ्ज — क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभाबाट आनन्द पटेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र साह, महासचिवमा राकेश कुमार साह, सचिवमा ओमप्रकाश प्रसाद सर्राफ तथा कोषाध्यक्षमा उपेन्द्र कुमार बरई चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा सुनिल कुमार ओझा, आरोहण साह, कन्हैयालाल वर्णवाल, आदित्य शर्मा, मुकेश कुमार यादव, दीपेश कुमार ठाकुर, अरुण कुमार साह, उपेन्द्र कुमार पटेल, दिनेश प्रसाद कुशवाह र अर्जुन प्रसाद दास रहेका छन्।
यसअघि साधारणसभाको उद्घाटन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीले गरेका थिए। उद्घाटन सत्रमा मञ्चले प्रकाशन गरेको स्मारिकाको सामूहिक विमोचनसमेत गरिएको थियो।
वार्षिकोत्सवको अवसरमा मञ्चले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका डा। दीपक शाक्य, केसी लामिछाने, श्याम बन्जारा, खड्कबहादुर श्रेष्ठ ‘गोविन्द प्रताप’, कुवेरचन्द्र गौतम, हरि गौतम, नन्दकिशोर गोयल र प्रशान्तकुमार साहलगायतलाई सम्मान गरेको थियो।
त्यसैगरी मञ्चका संस्थापक सदस्य स्वर्गीय नरेश सर्राफकी छोरीलाई सम्मानपत्रसहित नगद सहयोग प्रदान गरिएको थियो। स्मारिकाका लागि लेख तथा रचना उपलब्ध गराउने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पनि कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन महासचिव वीरेन्द्र साहले गरेका थिए भने स्वागत मन्तव्य आनन्द पटेलले दिएका थिए।



