Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ २,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — क्रियाशील युवा पत्रकार मञ्च वीरगञ्जले आफ्नो दोस्रो साधारणसभाको अवसरमा शिक्षा, उद्योग तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने संघसंस्था र व्यक्तित्वलाई सम्मान गरेको छ।

वीरगञ्जको शैक्षिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै ५० वर्षभन्दा बढी इतिहास बोकेको गौतम माध्यमिक विद्यालयलाई कार्यक्रममा विशेष सम्मान गरिएको हो। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीले विद्यालयका निर्देशक सोनाम लामालाई कदरपत्र प्रदान गर्दै सम्मान गरे।

मञ्चका अनुसार २०३३ सालमा स्थापना भएको गौतम माविले वीरगञ्जको शिक्षाक्षेत्रमा दीर्घकालीन र महत्वपूर्ण योगदान दिएको छ।

त्यसैगरी पेय पदार्थ उत्पादनमा सक्रिय उद्योग थाई एग्रो फुडलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। कम्पनीका प्रतिनिधि दीपेश न्यौपानेलाई प्रमुख अतिथि डाँगीले कदरपत्रसहित सम्मान प्रदान गरे।

कार्यक्रममा सहभागीहरूले शिक्षा र उद्योग क्षेत्रको विकासमा निजी तथा संस्थागत योगदानले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

एआई प्रविधिसहित वीरगञ्जमा क्षयरोग खोज अभियान, ५० जना शंकास्पद बिरामी पहिचान
मुख्य समाचार

एआई प्रविधिसहित वीरगञ्जमा क्षयरोग खोज अभियान, ५० जना शंकास्पद बिरामी पहिचान

प्रकाशित : २०८३ जेष्ठ २,शनिबार
क्रियाशील युवा पत्रकार मञ्चको नेतृत्वमा आनन्द पटेल
मुख्य समाचार

क्रियाशील युवा पत्रकार मञ्चको नेतृत्वमा आनन्द पटेल

प्रकाशित : २०८३ जेष्ठ २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद