Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा बालबालिकासमेत कुष्ठरोगको संक्रमण, वीरगञ्जमा बढ्दो चिन्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र १९,बिहीबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

प्रणय साह।
वीरगञ्ज — पर्सा जिल्लामा कुष्ठरोगको संक्रमण बालबालिकामा समेत देखिन थालेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता थपिएको छ। लेप्रोसी मिसन नेपालले बिहीबार स्वास्थ्य कार्यालय पर्सामा आयोजना गरेको कार्यक्रममा प्रस्तुत तथ्यांकले यस्तो अवस्था उजागर गरेको हो।

चालु आर्थिक वर्ष २०८२र८३ को फागुन मसान्तसम्म पर्सामा ४४ जना कुष्ठरोग प्रभावितको पहिचान भएको छ। तीमध्ये ३१ जना पुरुष र ९ जना महिला रहेका छन्। संक्रमितमध्ये ४० जनामा मल्टिब्यासिलरी ९एमबी० प्रकार र ४ जनामा पाउसीब्यासिलरी ९पिबी० प्रकारको संक्रमण देखिएको छ।

विशेषगरी वीरगञ्ज महानगरपालिकामा १७ वटा केस फेला परेकोमा १४ वर्ष मुनिका बालकमा समेत संक्रमण पुष्टि हुनु गम्भीर विषय बनेको छ। कार्यक्रम व्यवस्थापक अमजद अली मिकरानीका अनुसार बालबालिकामा संक्रमण देखिनु समाजमा अझै सक्रिय रूपमा रोग फैलिरहेको संकेत हो। उनले रोग लागेपछि लक्षण देखिन ३ देखि ७ वर्षसम्म लाग्न सक्ने भएकाले समयमै पहिचान नभए भविष्यमा समस्या जटिल बन्न सक्ने चेतावनी दिए।

उनले भने, “कुष्ठरोगले ज्यान नलिए पनि शरीरको स्वरूप बिगार्ने र अंगभंग गराउने जोखिम हुन्छ। त्यसैले समयमै पहिचान र उपचार अत्यन्त जरुरी छ।”

पर्साका विभिन्न स्थानीय तहहरूमा पनि संक्रमण देखिएको छ। छिपहरमाई, पकाहामैनपुर र विन्दवासिनी गाउँपालिकामा ५र५ वटा, पोखरिया नगरपालिका र जगरनाथपुर गाउँपालिकामा ४र४ वटा, जिराभवानी गाउँपालिका र बहुदरमाई नगरपालिकामा २र२ वटा तथा पर्सागढी र पटेर्वा सुगौलीमा १र१ वटा केस भेटिएका छन्। ठोरी गाउँपालिकामा भने गत वर्ष र यस वर्ष कुनै पनि केस भेटिएको छैन भने धोविनी, कालिकामाई र सखुवा प्रसौनी गाउँपालिकामा पनि संक्रमित फेला परेका छैनन्।

लेप्रोसी मिसन नेपालले दिगो विकास लक्ष्यअनुसार कुष्ठरोग नियन्त्रणका लागि शून्य संक्रमण, शून्य अपांगता र शून्य विभेदको लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा पर्सामा १०९ जना कुष्ठरोग प्रभावित भेटिएका थिए, जसमा ८६ जना एमबी र २३ जना पिबी संक्रमित थिए।

विशेषज्ञहरूले स्थानीय तहले बजेट छुट्याई सक्रिय रूपमा खोज, पहिचान र उपचार कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ चैत्र १९,बिहीबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८२ चैत्र १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद