Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदीदेखि क्यासिनो अनियमिततासम्म : सांसद हरि पन्तका प्रधानमन्त्रीसमक्ष गम्भीर विषय

by प्रणय साह
प्रकाशित : २०८२ चैत्र १८,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा–१ का सांसद हरि पन्तले आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न गम्भीर विषयहरू प्रधानमन्त्रीसमक्ष उठाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मधेस प्रदेशका सांसदहरूसँग भएको भेटका क्रममा सांसद पन्तले सिर्सिया नदी प्रदूषण, मल अभाव, क्यासिनो अनियमितता तथा वीरगञ्ज महानगरको कथित अवैध असुलीका विषयमा ध्यानाकर्षण गराएका हुन्।

सांसद पन्तले सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण गर्न अधिकारसम्पन्न समिति गठन गरी निश्चित समयसीमाभित्र समस्या समाधान गर्नुपर्ने बताएका छन्। साथै उनले किसानलाई आवश्यक समयमा पर्याप्त मल उपलब्ध गराउन सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

त्यसैगरी उनले वीरगञ्जका क्यासिनोहरूले नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराई आर्थिक शोषण गरिरहेको आरोप लगाए। यस्तो गतिविधि भइरहँदा पनि प्रहरी र प्रशासन मौन बसेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
वीरगञ्ज महानगरपालिकाले विभिन्न स्थानमा ढाट राखेर अवैध रूपमा शुल्क असुलिरहेको दाबी गर्दै उनले यस विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको गुनासो पनि प्रधानमन्त्रीसमक्ष राखेका थिए।

जवाफमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने बताएका छन्। उनले जनप्रतिनिधिले उठाएका जायज विषयहरू बेवास्ता गर्न नमिल्ने स्पष्ट पार्दै सुरक्षा निकाय र प्रशासनलाई जिम्मेवार बन्न आग्रह गरे।

भेटमा श्रममन्त्री दीपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह तथा मधेस प्रदेशका अन्य सांसदहरूको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

अनैतिक प्रस्ताव अस्वीकार गर्दा अङ्क घटाउने धम्की : मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ
मुख्य समाचार

अनैतिक प्रस्ताव अस्वीकार गर्दा अङ्क घटाउने धम्की : मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ

प्रकाशित : २०८२ चैत्र १८,बुधबार
लेकसाइडका ८ स्पा सञ्चालक पक्राउ, बालिका प्रयोगको आरोप
आर्थिक

लेकसाइडका ८ स्पा सञ्चालक पक्राउ, बालिका प्रयोगको आरोप

प्रकाशित : २०८२ चैत्र १८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद