Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

रारा घुम्न आएकी पर्यटकको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
A A
file photo

file photo

2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

मुगु— रारा घुम्न आएकी एक आन्तरिक पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार काठमाडौं महानगरपालिका–धुम्बाराही निवासी अन्दाजी ३० वर्षीया सदक्षिया घिमिरेको मृत्यु भएको हो।

प्रहरीका अनुसार घिमिरे चैत १ गते काठमाडौंबाट नेपालगञ्ज उपमहानगरपालिका–२ का शिशिर घिमिरे र विशाल सुवेदीसँग रारा भ्रमणका लागि प्रस्थान गरेकी थिइन्। उनीहरू चैत ३ गते रारा पुगेका थिए।

रारामा बसाइका क्रममा उनीहरूले सल्लेरीस्थित डाँफे होटलमा एक रात र हुटुस्थित सोही होटलको शाखामा अर्को एक रात गरी दुई रात बिताएका थिए।

चैत ५ गते नेपालगञ्ज फर्किने क्रममा सल्लेरीस्थित डाँफे होटलमै घिमिरेको स्वास्थ्य अवस्था एक्कासि बिग्रिएको प्रहरीले जनाएको छ। साथमा रहेको औषधि प्रयोग गर्दा पनि सुधार नआएपछि उनका साथीहरूले उनलाई जिल्ला अस्पताल मुगु पुर्‍याएका थिए।

अस्पतालमा उपचारकै क्रममा चैत ६ गते बिहान ७:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।
प्रहरीका अनुसार मृतकको मुचुल्का उठाइसकिएको छ। परिवारको आग्रहअनुसार शवलाई पोस्टमार्टमका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।

रारा क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकहरूमा उच्च भौगोलिक क्षेत्रका कारण स्वास्थ्य समस्या देखिने गरेको छ। स्थानीयका अनुसार यसअघि पनि यस्तै कारणले चार जनासम्मको ज्यान गइसकेको छ।

रारा क्षेत्रको सल्लेरी आसपास अक्सिजन सिलिन्डर, औषधि र स्वास्थ्यकर्मी सहितको पर्याप्त स्वास्थ्य पूर्वाधार अभाव हुँदा भविष्यमा थप मानवीय क्षति हुन सक्ने भन्दै स्थानीय होटल व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले छायाँनाथ रारा नगरपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक स्वास्थ्य पूर्वाधार शीघ्र व्यवस्थापन गर्न माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद