Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा एमालेभित्र असन्तोष, विजय सरावगी र बिचारी यादवको भूमिकामाथि आलोचना

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
A A
4
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेकी उम्मेदवार रीमा कुमारी यादवको उम्मेदवारीबारे उठेको विवाद यतिबेला नयाँ मोडमा पुगेको छ।

स्थानीय राजनीतिक वृत्तमा केन्द्रीय सदस्य विजय सरावगी को सक्रिय पहलमा टिकट सुनिश्चित गरिएको र त्यसपछि मधेश प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादव को समर्थन जोडिएको आरोप प्राथमिकताका साथ उठाइएको छ।

स्रोतहरूको दाबीअनुसार, सरावगी स्वयं चुनाव लड्ने सम्भावना कमजोर बन्दै गएपछि उनले आफू निकट उम्मेदवारका रूपमा रीमा यादवलाई अघि सारेको चर्चा छ।

पार्टीभित्रको प्रभाव र पहुँच प्रयोग गरी टिकट सुनिश्चित गराइएको आरोपसमेत स्थानीय तहमा व्यापक रूपमा फैलिएको छ। त्यसपछि प्रदेश तहको शक्ति–सन्तुलन मिलाउन उपाध्यक्ष बिचारी यादवको भूमिकाले उम्मेदवारीलाई औपचारिक रूप दिएको भनाइ छ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, संगठनमा दीर्घकालीन सक्रियता र स्पष्ट एजेन्डाको आधारमा नभई शक्ति–सम्झौता र प्रभावका आधारमा उम्मेदवार चयन गरिनु लोकतान्त्रिक अभ्यासमाथिको प्रश्न हो। “यदि निर्णय केही व्यक्तिको इशारामा भएको हो भने त्यो कार्यकर्ता र मतदाताप्रतिको अपमान हो,” एक स्थानीय नेताले प्रतिक्रिया दिए।

युवा मतदाताहरूको एक समूहले रीमा यादवको अभियानलाई प्रचारमुखी र नाराबाजीमा सीमित रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार शिक्षा, रोजगारी, सुशासन र स्थानीय विकासका विषयमा स्पष्ट नीति तथा कार्ययोजना प्रस्तुत नभएकाले उनको उम्मेदवारी प्रभावशाली देखिएको छैन।

यसबीच, ‘नाम मात्र रीमा यादव, रणनीति र निर्णय अरूको नियन्त्रणमा’ भन्ने टिप्पणीसमेत सार्वजनिक रूपमा हुन थालेको छ। आलोचकहरू भन्छन्, यदि उम्मेदवार स्वतन्त्र रूपमा निर्णय गर्न नसक्ने अवस्था छ भने त्यसले भावी नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न खडा गर्छ।

यद्यपि यी आरोपबारे रीमा कुमारी यादव, केन्द्रीय सदस्य विजय सरावगी वा मधेश प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादवको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
पर्सा–२ का मतदातामाझ अहिले मुख्य बहस यही छ—उम्मेदवारी जनताको आकांक्षाबाट जन्मिएको हो कि केही नेताको प्रभाव र आन्तरिक समझदारीको परिणाम?
साभार ज्योति दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद