Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज–१६ नगवामा एमालेको चुनावी सम्पर्क कार्यालय उद्घाटन, प्रदीप यादवले भने– ‘समृद्ध वीरगञ्ज हाम्रो लक्ष्य’

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वीरगञ्ज महानगरपालिका – १६ नगवामा चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सङ्गठन सुदृढीकरण र जनसम्पर्क विस्तारको लक्ष्यका साथ सञ्चालनमा ल्याइएको कार्यालयको एमालेबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले रिबन काटेर गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका यादवले कार्यालय उद्घाटनलाई पार्टीको वडा स्तरीय जनसम्पर्क अभियानको सुरुवातको रूपमा व्याख्या गरे । उनले एमालेले वीरगञ्जलाई समृद्ध, सफा, सुन्दर र बस्न योग्य सहर बनाउने दृढ रहेको बताए ।

“हामीले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने, युवाहरूलाई रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने, सडक, बिजुली, खानेपानी जस्ता आधारभूत पूर्वाधार विकासलाई प्राथमिकता दिने छौँ । समग्र वीरगञ्जलाई औद्योगिक केन्द्रका साथै पर्यटकीय हब बनाउने हाम्रो मुख्य चुनावी एजेन्डा हो,” उनले भने ।

यादवले आफ्नो विगतको सार्वजनिक सेवाको समेत स्मरण गर्दै वीरगञ्ज र वीरगञ्जवासीका लागि गरेको कामको चर्चा पनि गरे । “मैले सांसद र मन्त्रीको जिम्मेवारी सम्हाल्दा जनताको सेवामा उल्लेखनीय सुधारको कामहरू गरेको छु । सबै अनुभवका आधारमा अब वीरगञ्जको समग्र विकासलाई नयाँ उचाइमा पुर्‍याउने छु र जनताको दैनिक जीवनलाई सहज बनाउने छु,” उनले थपे ।

त्यस्तै उनले वीरगञ्ज – १६ का सम्पूर्ण मतदाता, शुभेच्छुक तथा समर्थकहरूलाई कार्यालयमा नियमित रूपमा आउन, आफ्ना सुझाव दिन र आफ्नो अभियानमा सक्रिय सहभागिता जनाउन अनुरोध पनि गरे । “तपाईँहरूको साथ र सहयोगले हाम्रो पार्टीको जनसम्पर्क अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउने छ,” उनले थपे ।

कार्यालय उद्घाटनसँगै नेकपा (एमाले) ले वीरगञ्ज – १६ सहित सहरका विभिन्न वडाहरूमा जनसम्पर्क र सङ्गठन विस्तार अभियानलाई तीव्रता दिने भएको छ । कार्यालयलाई पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरूको नियमित सम्पर्क केन्द्रको रूपमा सञ्चालन गरिने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा पूर्व सांसद प्रभु हजरा, निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, सुन्दर कुर्मी, रामबाबु पासवान, अरुण यादव, भुसाल चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

यसैबिच, आज बिहान वीरगञ्ज–१८ सौराहामा प्रदीप यादवको घरदैलो कार्यक्रम तय गरिएको भए पनि स्थानीय बलिस्टर यादवको निधनका कारण उक्त कार्यक्रम स्थगित गरिएको क्षेत्रीय कमिटीले जनाएको छ । साथै, पार्टीका नेताहरू स्वर्गीय यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी हुने एमालेले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश
मुख्य समाचार

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश

प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश
मुख्य समाचार

बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश

प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद