Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र नम्बर २ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको आग्रहः अफवाहको पछि नलाग्न मतदातालाई अपिल

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय चौरसिया ले मतदातालाई अफवाह र भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्नुभएको छ। मतदाता भेटघाट तथा जनसम्पर्क अभियानका क्रममा विभिन्न स्थानमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेस सधैं जनताको हितमा काम गर्दै आएको जिम्मेवार र लोकतान्त्रिक पार्टी भएको बताउनुभयो।

उम्मेदवार चौरसियाले नेपालको लोकतान्त्रिक आन्दोलनदेखि संविधान निर्माणसम्मका ऐतिहासिक उपलब्धिहरू काँग्रेसकै नेतृत्वमा हासिल भएको उल्लेख गर्नुभयो। “देशले प्राप्त गरेका प्रमुख राजनीतिक परिवर्तन र उपलब्धिहरूमा नेपाली काँग्रेसको भूमिका निर्णायक रहँदै आएको छ,” उहाँले भन्नुभयो, “त्यसैले जनताले अफवाहभन्दा पनि तथ्य र कामका आधारमा निर्णय गर्नुपर्छ।”

उहाँले काँग्रेसकै पहलमा जनताको पक्षमा धेरै महत्वपूर्ण कानुनहरू निर्माण गरिएको दाबी गर्दै आमाको नामबाट नागरिकता वितरणसम्बन्धी कानुन त्यसको महत्वपूर्ण उदाहरण भएको उल्लेख गर्नुभयो। यस्तो कानुनले नागरिकताको समस्यामा परेका हजारौं नागरिकलाई राहत पुगेको भन्दै काँग्रेसले सधैं नागरिकको अधिकार र सम्मानलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नुभयो।

चौरसियाका अनुसार पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा हालसम्म भएका धेरै विकास निर्माणका कार्यहरू पनि नेपाली काँग्रेसकै नेतृत्वमा सम्पन्न भएका छन्। सडक, खानेपानी, शिक्षा र अन्य भौतिक पूर्वाधार विकासमा काँग्रेसको योगदान देखिने गरी रहेको उहाँको भनाइ छ।

आगामी योजनाबारे बोल्दै उहाँले सडक सञ्जाललाई थप विस्तार गर्दै गाउँ–गाउँसम्म उद्योग सञ्चालनको वातावरण बनाउने लक्ष्य रहेको बताउनुभयो। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना भई युवालाई स्वदेशमै अवसर प्रदान गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। “विकासका सपना साकार पार्न जनताको साथ, सहयोग र विश्वास अत्यन्त आवश्यक छ,” चौरसियाले जोड दिनुभयो।

जनताले गरेका अपेक्षा र विश्वास आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता जनाउँदै उहाँले नेपाली काँग्रेस सधैं सेवा, अधिकार र विकासका लागि तत्पर रहँदै आएको र आगामी दिनमा पनि सोही मार्गमा निरन्तर अघि बढ्ने स्पष्ट पार्नुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद