Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एमालेको ‘घर फर्किने अभियान’ ले पर्सा–३ मा नयाँ ऊर्जा, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी पुनः एमालेमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — नेकपा (एमाले) को जारी “घर फर्किने अभियान” ले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी थप चर्काएको छ। यसै अभियानअन्तर्गत पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी पुनः नेकपा (एमाले) मा प्रवेश गरेका छन्। पोखरीयामा आयोजित एक कार्यक्रमबीच गिरीले औपचारिक रूपमा पार्टीमा फर्किएको घोषणा गरेसँगै पर्सा–३ को राजनीतिक माहोलमा नयाँ तरंग सिर्जना भएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गिरीको पुनः प्रवेशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पर्सा–३ बाट नेकपा (एमाले) का युवा तथा ऊर्जावान उम्मेदवार रूपेश कुमार पाण्डे चुनावी मैदानमा रहेका बेला अनुभवी नेता गिरीको साथ र सक्रियताले पार्टीको आधार थप मजबुत हुने विश्वास गरिएको छ।
कार्यक्रममा नेकपा (एमाले) का शीर्ष तथा स्थानीय नेताहरूले गिरीलाई खादा र टीका लगाएर स्वागत गरेका थिए। कार्यक्रममा सहभागी कार्यकर्ता र समर्थकहरूको उत्साहले पर्सा–३ मा एमालेप्रति बढ्दो जनआस्था झल्किएको थियो।
पार्टी प्रवेशपछि बोल्दै गिरीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर वैचारिक निष्ठा, राजनीतिक स्थायित्व र समृद्ध नेपाल निर्माणको अभियानमा पुनः जोडिन आएको स्पष्ट पारे। उनले नेकपा (एमाले) को नीति, सिद्धान्त र संगठनात्मक अनुशासनप्रति पूर्ण विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।
गिरीको अनुभव, संगठनात्मक पकड र क्षेत्रीय प्रभावले पर्सा–३ को चुनावी समीकरणमा उल्लेखनीय प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको आकलन छ। विशेषगरी गाउँ–टोल तहसम्म रहेको उनको पहुँचले एमाले उम्मेदवार रूपेश पाण्डेको जनसम्पर्क अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।
यसै अवसरमा बिन्दवासिनी गाउँपालिकाका युवा नेता रमेश साह लगायत चिरपरिचित नेता–कार्यकर्ताहरूले पनि नेकपा (एमाले) मा प्रवेश गरेका छन्। उनीहरूको प्रवेशले स्थानीय तहमा पार्टी संगठन अझै विस्तार भएको नेताहरूको दाबी छ।
कार्यक्रममा नेकपा संविधानसभा सदस्य प्रधुमन चौहान, मधेस प्रदेश कमिटी सदस्य बिजय चौरसिया, बिरेन्द्र यादव, पर्सा जिल्ला कमिटी उपाध्यक्ष मनोज गुप्ता, एमाले नेता प्रमोद जयसवाल, फर्मान मियाँ लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–३ मा राजनीतिक गतिविधि थप तीव्र बन्दै गएको छ। दलहरूबीच प्रतिस्पर्धा चर्किँदै गए पनि एमालेको संगठनात्मक मजबुती, बढ्दो जनसमर्थन र ‘घर फर्किने अभियान’ को प्रभावले उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा स्पष्ट जनलहर देखिएको पार्टी नेताहरूको दाबी छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद