Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज–३१ बेल्वामा नेकपा एमालेको वडा स्तरीय एकाइ कमिटी भेला सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव ले आफ्नो चुनावी अभियानलाई थप सशक्त बनाउँदै पार्टी संगठन सुदृढीकरणमा जोड दिएका छन्।
शनिबार उम्मेदवार यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा आयोजना गरिएका वडा भेला तथा पार्टी प्रवेश कार्यक्रमहरूमा सहभागिता जनाउँदै चुनावी गतिविधिलाई तीव्रता दिएका हुन्। बिहानदेखि नै सक्रिय रहेका यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर–३० लालपर्सामा आयोजित वडा एकाइ भेला तथा पार्टी प्रवेश कार्यक्रममा सहभागिता जनाए।

त्यसपछि वडा नम्बर–३१ बेल्वामा एकाइ कमिटीद्वारा आयोजित वडा स्तरीय भेला कार्यक्रममा पनि उनी सहभागी भए।

वडा नम्बर–३० र वडा नम्बर–३१ मा सम्पन्न कार्यक्रमहरूमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि एमाले नेतृत्व अपरिहार्य रहेको उल्लेख गरे। उनले पर्सा जिल्लाको समग्र विकासका लागि पार्टीभित्र एकता र अनुशासन आवश्यक रहेको भन्दै सबैलाई पुनः एकताबद्ध भएर चुनावी अभियानमा जुट्न आह्वान गरे।

कार्यक्रममा सहभागी एमालेका अन्य नेताहरूले पनि पार्टी एकढिक्का भएर चुनावी मैदानमा उत्रिएको दाबी गर्दै कुनै पनि प्रकारका भ्रम, अफवाह र बहकावामा नपर्न कार्यकर्ता तथा मतदातालाई आग्रह गरे। उनीहरूले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक विजय दिलाउन सबै तह र तप्काबाट संगठनात्मक सक्रियता अझै बढाउनुपर्नेमा जोड दिएका थिए।

वडा स्तरीय भेलाले वीरगञ्ज–३० र ३१ क्षेत्रमा एमालेको संगठनलाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद