Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

टोल–टोलमै रास्वपाको खोजी, पर्सामा स्वस्फूर्त पार्टी प्रवेशको लहर

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा जिल्लामा टोल–टोलका स्थानीय बासिन्दाहरूले स्वस्फूर्त रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिहरू खोज्दै पार्टी प्रवेश गर्न थालेका छन्। पछिल्लो समय रास्वपाप्रति जनआकर्षण तीव्र रूपमा बढ्दै जाँदा, स्थानीयस्तरमै स्वतःस्फूर्त रूपमा पार्टी प्रवेशको वातावरण बनेको हो।

विशेष गरी रास्वपाका वरिष्ठ नेता बालेन साह को वीरगञ्ज रोडशोपछि वीरगञ्जसहित पर्सा जिल्लाभर रास्वपाप्रतिको क्रेज उल्लेखनीय रूपमा बढेको देखिन्छ। त्यसको प्रत्यक्ष प्रभावस्वरूप विभिन्न टोल र बस्तीमा स्थानीयहरू आफैं पार्टी सम्पर्कमा आउन थालेका हुन्।

यसै क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत शुक्रबार राति परवानीपुरमा तथा शनिबार बिहान भिस्वामा गरी ५०० भन्दा बढी विभिन्न पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा आबद्ध पेशाकर्मी, अभियन्ता तथा समाजसेवीहरू राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका छन्।

परवानीपुरमा शुक्रबार अबेर राति स्थानीय अभियन्ता प्रदीप साहको नेतृत्वमा आयोजित कार्यक्रममा तथा शनिबार बिहान भिस्वामा कृष्ण श्रेष्ठ, सन्देश श्रेष्ठ र राजेश श्रेष्ठको नेतृत्वमा सम्पन्न अर्को कार्यक्रममा गरी करिब पाँच सयभन्दा बढी विशिष्ट व्यक्तित्वहरू रास्वपामा आवद्ध भएका हुन्।

पार्टी प्रवेश गर्ने नवप्रवेशीहरूलाई रास्वपा पर्सा जिल्ला सभापति तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरि पन्त ले खादा लगाएर औपचारिक रूपमा स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पन्तले पुराना राजनीतिक दलहरू र तिनका नेताहरूप्रति कडा टिप्पणी गरे।

उनले “हेलिकप्टरमा झुन्डिएर देश छोडेर भाग्ने प्रवृत्ति बोकेका पुराना दल र तिनका उम्मेदवारहरूलाई यसपटकको निर्वाचनमा आम नागरिकले बहिष्कार गर्नुपर्छ,” भन्दै मतदाताहरूलाई परिवर्तनको पक्षमा उभिन आग्रह गरे।
उनले थपे, “देश र जनताको भविष्यका लागि अब पुरानै शैलीको राजनीति होइन, इमानदार, पारदर्शी र जनउत्तरदायी राजनीति आवश्यक छ। त्यो विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी हो।”

यसै क्रममा शनिबार नै सभापति पन्तले गहवा क्षेत्रमा घरदैलो कार्यक्रम समेत सञ्चालन गरेका थिए। घरदैलो तथा भेटघाटका क्रममा गहवाका स्थानीयहरूले उम्मेदवार पन्तप्रति अपार माया र समर्थन व्यक्त गर्दै विभिन्न स्थानमा टीका, माला र खादा लगाएर भव्य स्वागत गरेका थिए।

घरदैलो कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी स्थानीयहरूले रास्वपाले बोकेको सुशासन, अवसर सिर्जना र परिवर्तनमुखी एजेन्डा प्रति विश्वास बढ्दै गएको प्रतिक्रिया दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद