वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बिन्दबासिनीमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजयकुमार चौरसियाको उपस्थितिमा कार्यकर्ता भेला सम्पन्न भएको छ।
स्थानीय स्तरमा पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त भेलामा वडा तथा टोलस्तरका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
भेलालाई सम्बोधन गर्दै उम्मेदवार चौरसियाले जनताको विश्वास र समर्थनलाई विकास र समृद्धिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सबै कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरे।
भेलामा सहभागी कार्यकर्ताहरूले वडा नम्बर १९ बिन्दबासिनीमा कांग्रेसको पक्षमा जनमत अझ सुदृढ बनाउने र घरदैलो अभियानलाई तीव्र बनाउने निर्णय गरेका छन्।
भेलामा श्याम प्रसाद पटेल, जनार्दन सिंह क्षेत्री, रामरुप कुर्मी, अशोक गुप्ता, नितेन्द्र साह, समिम मियाँ, मुकेश चौरसिया, बिन्देश्वर चौरसिया, अमिरिलाल यादव, विवेक चौरसिया तथा रामायण यादवलगायत स्थानीय अगुवा तथा कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।
भेलाले वडा नम्बर १९ बिन्दबासिनीमा नेपाली कांग्रेसको संगठन थप सशक्त बन्दै गएको स्पष्ट सन्देश दिएको सहभागीहरूको भनाइ छ।



