Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ को धोरेमा एमाले उम्मेदवार पाण्डेयको घरदैलो, ‘जनअपेक्षा सधैं मेरो प्राथमिकता’

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २८,बुधबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले चुनावी घरदैलो अभियानलाई तिब्रता दिदैं मतदातासंगको संवादलाई जारी गरेका छन् ।

बुधबार बिहान पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा चुनावी घरदैलो कार्यक्रम गरेका पाण्डेयले मतदाताहरुको घरघरमै पुगेर उनिहरुसंग संवाद गर्दै स्थानीयका समस्या र सुझावहरु सुने ।
त्यसक्रममा उनले आँफु जनताकै समस्या, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न राजनीतिमा आएको भन्दै जनअपेक्षालाई सधै प्राथमिकतामा राखेर काम गर्ने वाचा गरे ।

क्षेत्रको विकाससंगै परिवर्तनको संवाहक आँफु बन्ने भन्दै उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीका विषयमा आफ्ना धारणाहरुलाई मतदातालाई सुनाए।

आँफु यहि माटोमा जन्मिएर हुर्किएको व्याक्ति भएकाले क्षेत्रका जनताको समस्याहरुका बारे जानकार रहेको बताउँदै उनले जनताले विश्वास दिएर जिताए जनताका सामु खरो रुपमा उत्रिने प्रतिबद्धता पनि जनाए ।

पाण्डेयको चुनावी घरदैलो कार्यक्रममा एमाले केन्द्रिय सदस्य प्रभु हजारा, एमाले नेताहरु शीव पटेल, तेजप्रकाश निषाद, अकलेश साह लगायतकाकोपनि सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २८,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद