Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपकार सेवा नेपालको सहयोगमा बिरगञ्ज–३२ स्थित विद्यालयमा कार्पेट हस्तान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २७,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बिरगञ्ज । बिरगञ्ज महानगरपालिका वडा नं. ३२ अन्तर्गत टोल टेढा स्थित श्रीमती मनमिश्रा आ. बि. टेढा सेमरा, बिरगञ्ज–३२ मा अध्ययनरत बालविकास तहका विद्यार्थीहरूका लागि उपकार सेवा नेपालको पूर्ण आर्थिक सहयोगमा कार्पेट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त विद्यालयमा अध्ययनरत ९८ जना बालबिकासका बाबुनानीहरू भुइँमै बसेर अध्ययन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै दुई वटा कक्षाकोठामा ओछ्याउनका लागि कुल ६३० स्क्वायर फिट क्षेत्रफल बराबरको कार्पेट उपलब्ध गराइएको हो। कार्पेट हस्तान्तरणका लागि एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम साहको अध्यक्षतामा कार्पेट हस्तान्तरण गरिएको हो। उपकार सेवा नेपालको तर्फबाट संस्थाकी अध्यक्ष बिद्या कुमारी सरावगी, संरक्षक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू लगायतको विशेष उपस्थिति रहेको थियो। साथै विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थी भाइबहिनीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक राजाराम साहले उपकार सेवा नेपालप्रति आभार व्यक्त गर्दै बालबालिकाको सिकाइ वातावरण सुधार गर्न यस्ता सहयोगहरू अत्यन्त महत्वपूर्ण हुने बताए। उनले भुइँमै बसेर पढ्नुपर्ने अवस्थाबाट अब विद्यार्थीहरूलाई सहज र सुरक्षित वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त भएको उल्लेख गरेका थीए।

त्यसैगरी उपकार सेवा नेपालकी अध्यक्ष बिद्या कुमारी सरावगीले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको बताउँदै आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा संस्थाले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ को चुनावी मैदानमा युवा उद्यमी रुपेश पाण्डे, भन्छन्– भुइँमान्छेका समस्यालाई संसदसम्म पुर्‍याउनेछु
मुख्य समाचार

पर्सा–३ को चुनावी मैदानमा युवा उद्यमी रुपेश पाण्डे, भन्छन्– भुइँमान्छेका समस्यालाई संसदसम्म पुर्‍याउनेछु

प्रकाशित : २०८२ माघ २७,मंगलवार
मानवसेवा आश्रम वीरगञ्जद्वारा ठोरीबाट मानसिक अवस्था कमजोर पुरुषको उद्धार
धर्म

मानवसेवा आश्रम वीरगञ्जद्वारा ठोरीबाट मानसिक अवस्था कमजोर पुरुषको उद्धार

प्रकाशित : २०८२ माघ २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद