Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिँचाइ, मल र शीत भण्डारको माग : भौराटारमा रास्वपाको घरदैलो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २६,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. ६ भौराटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा जेन्जी युवाहरूको उल्लेख्य सहभागिता र समर्थन देखिएको छ।

घरदैलोका क्रममा स्थानीय कृषकहरूले तरकारी खेतीका लागि सिँचाइको उचित व्यवस्थापन, समयमा मल उपलब्ध गराउने व्यवस्था तथा तरकारी भण्डारणका लागि ‘शीत भण्डार’ आवश्यक रहेको विषय उठाएका थिए।

त्यसप्रति प्रतिक्रिया दिँदै रास्वपाका उम्मेदवार सुशील कुमार कानुनले निर्वाचित भएपछि स्थानीय स्तरमै सिँचाइ, मल आपूर्ति र कृषि पूर्वाधारको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसैगरी जेन्जी युवाहरूका लागि उच्च शिक्षा र कृषि शिक्षा स्थानीय स्तरमै उपलब्ध गराउने, बेरोजगार महिला तथा युवाहरूलाई प्राविधिक सीप तालिम प्रदान गरी स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई पनि प्राथमिकतामा राखिने बताइएको छ। स्थानीय महिलाहरूका लागि पशुपालनसम्बन्धी उच्च सीप तालिम र स्वरोजगारको व्यवस्था गरिने प्रतिबद्धता पनि उम्मेदवारले जनाएका छन्।

स्थानीय स्तरमा कृषकहरूले वर्षाको पानी र नदीको पानीका कारण भोग्दै आएको क्षतिको समस्या समाधान गरिने, मल अभावको अवस्था अन्त्य गरिने तथा समग्रमा समृद्ध समाज निर्माणतर्फ पहल गरिने रास्वपाले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २६,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद