Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“जनतालाई रैतिबाट मालिक बनाउने काम कांग्रेसले नै गर्‍यो” — अजयकुमार चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २६,सोमबार
A A
5
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

बीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले जनतालाई रैतिबाट मालिक बनाउने काम कांग्रेसले नै गरेको बताएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा सोमबार आयोजित कांग्रेसको वडास्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका चौरसियाले कांग्रेस देश र नेताहरुको घर जलाउने पार्टी पनि नभएको बताए । उनले भने,‘ जेनजी आन्दोलनमा घुसपैठ गरेर देश जलाउने को थिए ? सर्वोच्च अदालत, सिंहदरबार, पार्टी कार्यालयहरु, नेताका घरहरु जलाउने को थिए ? ती जेनजीहरु पक्कै थिएन् । उनिहरु घु्सपैठीया थिए । देश जलाउनेहरुलाई जनताले चिनिसकेका छन् । यसको इन्साफ जनताले यहि चुनावमा गर्नेवाला छन् ।’

कांग्रेस उम्मेदवार चौरसियाले देश जलाउने र जलाएकोमा खुशीयाली मनाउनेहरुले अहिले देशलाई समृद्ध बनाउने भाषण गर्दै हिड्नु हास्यास्पद भएको टिप्पणी गरे ।

कांग्रसका बुथ सभापति विजय सहनीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, कांग्र्रेस पर्साका उपसभापति अशोक गुप्ता,वीरगन्ज महानगरका कांग्रेसका पूर्व सभापति भोला कलवार, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह, वडाध्यक्षका पूर्व प्रत्याशी ओमी गुप्ता लगायतकाको पनि सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ माघ २६,सोमबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ माघ २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद