Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २५,आईतवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामकिशोर सिंह (पराग) द्वारा आज वीरगञ्ज महानगरपालिका वडा नं. ३२ अन्तर्गत पर्ने चोरनी गाउँमा रात्री भेटघाट सफलतापूर्वक सम्पन्न भएको छ।

भेटघाट को क्रममा सहभागी स्थानीय बासिन्दाहरूले विगतका पुराना नेताहरूले चुनावको समयमा मात्र भोट मागेर जितेपछि आफूहरूलाई बेवास्ता गरेको गुनासो व्यक्त गरे। उनीहरूले अब पुरानो प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्दै उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गरे र आफूहरू पूर्ण सहयोग गर्न तयार रहेको जनाउँदै, उहाँ पुराना नेताजस्तै नबन्नुहोला भन्ने अपेक्षा समेत व्यक्त गरे। साथै, स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई जीतको अग्रिम शुभकामना दिएका थिए।

त्यसैक्रममा उम्मेदवार रामकिशोर सिंह (पराग) ले स्थानीयवासीहरूलाई भरोसा दिलाउँदै, आफू निर्वाचित भएमा सबैभन्दा पहिले आफ्नै निर्वाचन क्षेत्रका स्थानीय बासिन्दा तथा युवाहरूसँग समन्वय गरी सल्लाह–सुझाव संकलन गर्ने सचिवालय स्थापना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले युवाहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच हुने वातावरण निर्माण गर्ने तथा ‘युवाको नीति, युवाकै नेतृत्व’ को अवधारणालाई कार्यान्वयनमा ल्याउने कुरामा विशेष जोड दिनुभयो।
सो कार्यक्रममा उज्यालो नेपाल पार्टी को केन्द्रीय सदस्य ई॰ तेज नारायण यादव (समानुपातिक उम्मेदवार), जिल्ला संयोजक रामबाबु प्रसाद यादव लगायत पदाधिकारी हरूको उपस्थिति थियो।
रात्री भेटघाटले स्थानीय स्तरमा उत्साह र आशा जगाएको सहभागीहरूको भनाइ रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २५,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद