Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

नारायणी रंगशालादेखि पोलिटेक्निकल कलेजसम्म: चौरसियाका विकास योजना

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २४,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पर्सा। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयकुमार चौरसियाले स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राख्दै विकासका योजना सार्वजनिक गरेका छन्।
वीरगन्ज महानगरपालिका–९ मा आयोजित वडास्तरीय भेलालाई सम्बोधन गर्दै चौरसियाले सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित नारायणी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने घोषणा गरे। उनका अनुसार मेडिकल कलेज स्थापना भएमा पर्सा सहित सम्पूर्ण मधेस क्षेत्रका नागरिकले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता उल्लेख्य रूपमा कम हुनेछ।
स्वास्थ्यसँगै खेलकुद पूर्वाधारलाई पनि महत्व दिँदै उनले नारायणी रंगशालाको मर्मत तथा स्तरोन्नति गरी आधुनिक र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे। खेलकुदले युवालाई सकारात्मक दिशामा डो¥याउने भएकाले यस क्षेत्रमा लगानी आवश्यक रहेको उनको भनाइ थियो।
देशको कमजोर आर्थिक अवस्थातर्फ संकेत गर्दै चौरसियाले युवालाई रोजगारी उपलब्ध गराउनु आफ्नो मुख्य लक्ष्य रहेको बताए। बेरोजगारी समस्या समाधानका लागि पर्सा क्षेत्रमै पोलिटेक्निकल कलेज स्थापना गर्न बजेट व्यवस्था गराइसकेको जानकारी दिँदै कलेज सञ्चालनमा आएपछि स्थानीय युवाले स्वदेशमै सीप सिकेर रोजगारी पाउने र विदेश पलायन कम हुने विश्वास व्यक्त गरे।
उनले अघिल्लो निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार वृद्धाश्रम निर्माण कार्य कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि विभिन्न निकायबाट बजेट विनियोजन भइसकेको स्पष्ट पारे।
चौरसियाले आफू निर्वाचित भएपछि युवालाई पहिलो प्राथमिकतामा राख्दै उद्योगधन्दा स्थापना, सीप विकास र रोजगारी सिर्जना गर्ने योजनालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता दोहोर्‍याए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ माघ २४,शनिबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ माघ २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद