Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पुरानो राजनीतिविरुद्ध युवाको आवाज: सिर्सियामा रास्वपाको पार्टी कार्यालय स्थापना

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २४,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. २५ सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय उद्घाटन गरिएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खोलिएको उक्त कार्यालयको उद्घाटन कार्यक्रममा स्थानीय युवाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले देशमा अहिलेको निर्वाचन सम्भव हुनुको मुख्य कारण नै युवामा बढ्दो परिवर्तनको चाहना भएको बताए। “युवाले परिवर्तन चाहेकै कारण आज देश यो निर्वाचन प्रक्रियामा पुगेको हो,” उनले भने, “अहिले पनि पुराना पार्टीहरूले जरा गाडेर बसेका छन्, तर परिवर्तन चाहने युवाको दबाबकै कारण चुनाव हुँदैछ।”

उम्मेदवार कानुले आफू आर्थिक रूपमा बलियो नभए पनि युवाको साथ, विश्वास र सक्रियताकै बलमा उम्मेदवारी जित्ने दाबी गरे। “मेरो उम्मेदवारी पैसाले जित्ने होइन,” उनले भने, “युवाको बल, भरोसा र सहभागिताले जित्ने उम्मेदवारी हो।”

कार्यक्रममा बोल्दै कानुले पर्सा–२ अन्तर्गतका स्थानीय समस्याहरूलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको उल्लेख गरे। उनले वर्षौंदेखि यस क्षेत्रका विभिन्न स्थानमा पुल नहुँदा र सूचना तथा सञ्चारको पहुँच कमजोर हुँदा स्थानीयले नेटवर्क समस्यासमेत भोग्दै आएको बताए। यस्ता आधारभूत समस्या समाधान नगरी विकासको कुरा गर्नु निरर्थक हुने उनको भनाइ थियो।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। “शिक्षा र स्वास्थ्य बलियो नभएसम्म समाज समृद्ध हुँदैन,” कानुले भने, “स्थानीय नागरिकले सहज रूपमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउने व्यवस्था गर्नु मेरो मुख्य लक्ष्य हो।”

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी युवाहरूले पुरानै शैलीको राजनीति र पटक–पटक दोहोरिने आश्वासनबाट दिक्क भइसकेको प्रतिक्रिया दिएका थिए। उनीहरूले नयाँ सोच, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीतिको आवश्यकता रहेको भन्दै रास्वपाप्रति समर्थन जनाए।

स्थानीय अगुवाहरूले सिर्सियामा पार्टी कार्यालय स्थापनाले संगठन विस्तारका साथै जनतासँग प्रत्यक्ष संवाद बढ्ने विश्वास व्यक्त गरे। कार्यालयलाई स्थानीय समस्या उठाउने, छलफल गर्ने र समाधानको बाटो खोज्ने केन्द्रका रूपमा विकास गरिने आयोजकले जनाएका छन्।
रास्वपाले आगामी दिनमा पर्सा निर्वाचन क्षेत्र नं. २ का विभिन्न वडाहरूमा संगठन विस्तार, घरदैलो अभियान र जनसंवाद कार्यक्रमलाई तीव्रता दिने जनाएको छ। नयाँ नेतृत्वमार्फत सुशासन, व्यवहारिक विकास र नागरिकको विश्वास पुनःस्थापनाको सन्देश लिएर चुनावी मैदानमा उत्रिएको रास्वपाको दाबी गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो
मुख्य समाचार

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो

प्रकाशित : २०८२ माघ २४,शनिबार
बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत
मुख्य समाचार

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत

प्रकाशित : २०८२ माघ २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद