Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा रास्वपाको घरदैलो अभियान तीव्र : प्रगतिनगरमा युवाको अगुवाइमा ‘परिवर्तन’को नारा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २१,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. ३ को प्रगतिनगर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको घरदैलो कार्यक्रम उत्साहपूर्ण र सहभागितामूलक वातावरणमा सम्पन्न भएको छ। स्थानीयवासी तथा जेन्जी युवाको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई थप ऊर्जावान बनाएको थियो।

घरदैलो कार्यक्रममा सहभागी युवाहरूले परम्परागत राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै परिवर्तनका लागि नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दल आवश्यक रहेको धारणा राखेका थिए। “अब पुरानै शैली र अनुहारले देश बदलिँदैन,” भन्ने नारा टोल–टोलमा गुञ्जिएको थियो।
युवाहरूले राजनीतिको केन्द्रमा सुशासन, जवाफदेहिता र पारदर्शितालाई राख्नुपर्नेमा जोड दिएका थिए।
स्थानीय नागरिकहरूसँगको प्रत्यक्ष भेटघाटका क्रममा रास्वपाका प्रतिनिधिहरूले विगतमा पटक–पटक समाज र नागरिकको विश्वासमाथि भएको खेलवाडप्रति आलोचना गर्दै यसपटकको मतदानले त्यसको जवाफ दिने विश्वास व्यक्त गरेका छन्। उनीहरूले मताधिकारको सही प्रयोगमार्फत राजनीतिक संस्कृतिमा परिवर्तन सम्भव हुने बताएका छन्।

घरदैलोका क्रममा रास्वपाले सुशासन, व्यवहारिक विकास र नागरिकमुखी सेवाको सन्देश प्रवाह गरेको थियो। शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै योजनाबद्ध र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। पार्टीका प्रतिनिधिहरूले विकासको नाममा देखावटी योजनाभन्दा स्थानीय आवश्यकतामा आधारित कार्यक्रम अघि बढाइने स्पष्ट पारे।

प्रगतिनगर टोलका स्थानीयवासीले पनि युवाको सक्रियताप्रति आशा व्यक्त गर्दै यसपटकको निर्वाचनले वास्तविक परिवर्तनको संकेत दिने विश्वास व्यक्त गरेका छन्। “अब हामी हेरेर बस्ने होइन, सही निर्णय गर्ने अवस्थामा पुगेका छौं,” एक स्थानीयले प्रतिक्रिया दिएका छन्।

रास्वपाले आगामी दिनमा पनि पर्सा–२ का विभिन्न वडामा घरदैलो अभियानलाई निरन्तरता दिने जनाएको छ। पार्टीले जनतासँग प्रत्यक्ष संवाद गर्दै नीतिगत प्रतिबद्धता स्पष्ट पार्ने र जनआवाजलाई राजनीतिक एजेन्डामा रूपान्तरण गर्ने लक्ष्य लिएको बताएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २१,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद