Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरपालिका–१७ मा कांग्रेस पार्टी कार्यालय उद्घाटन, गगन थापालाई वीरगञ्ज ल्याउने तयारी : अजय चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २१,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज महानगरपालिका–१७ अन्तर्गत अलौंमा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गरिएको छ। पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले पार्टी कार्यालय उद्घाटन गर्दै मन्तव्य राखेका थिए।

कार्यक्रममा बोल्दै चौरसियाले नेपाली कांग्रेसका सभापति गगन थापालाई वीरगञ्ज ल्याउने तयारी भइरहेको जानकारी गराए। उनले अलौं गाउँकै कारण २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसले ऐतिहासिक जित हासिल गरेको स्मरण गर्दै कांग्रेसको देश निर्माणमा रहेको योगदानको चर्चा गरे।

चौरसियाले प्रदेश सरकारसँग विभिन्न क्षेत्रमा विकास निर्माणका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको बताए। कांग्रेसको जितबाट मात्रै देशले निकास पाउने र विकासको बाटो खुल्ने उनको भनाइ थियो।

उनले गगन थापाको नेतृत्वमा सरकार बनेमा आफू सांसद हुँदा विनियोजन गरिएको तर हालसम्म फुकुवा नभएको बजेट फुकुवा गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, जमिनदारी प्रथाको अन्त्य नेपाली कांग्रेसले नै गरेको उल्लेख गर्दै अब यस क्षेत्रमा चार लेनको सडक आवश्यक रहेको र वृद्ध आश्रम निर्माण गर्ने वाचा समेत गरे।

लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन कांग्रेसको जित अपरिहार्य रहेको बताउँदै उनले नयाँ पार्टी र नयाँ नेतृत्वसँग जनताले “तपाईंहरूको पार्टीको उद्देश्य के हो, योगदान के हो र किन हामीले मतदान गर्ने ?” भन्ने प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए।

उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामरूप कुर्मी, ओमप्रकाश शर्मा, जिल्ला सभापति अशोक गुप्ता, मनेन्द्रलाल नेपाली, रोशन लामिछाने, हरिनारायण यादव, सञ्जय गुप्ता लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार मनोज चौधरीको चुनावी अभियान तीव्र, वीरगन्ज–२५ सिरिसियामा युवा भेला तथा पर्सागढीमा घरदैलो सम्पन्न
राजनिती

पर्सा क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार मनोज चौधरीको चुनावी अभियान तीव्र, वीरगन्ज–२५ सिरिसियामा युवा भेला तथा पर्सागढीमा घरदैलो सम्पन्न

प्रकाशित : २०८२ माघ २१,बुधबार
नेपाल दलित संघ पर्साद्वारा प्रतिनिधिसभा क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार अनिल रुङटाको समर्थनमा व्यापक चुनावी अभियान सुरु
राजनिती

नेपाल दलित संघ पर्साद्वारा प्रतिनिधिसभा क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार अनिल रुङटाको समर्थनमा व्यापक चुनावी अभियान सुरु

प्रकाशित : २०८२ माघ २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद