Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

प्याब्सन टी–२० क्रिकेट : सनलाईट क्वार्टरफाइनलमा, सेन्ट जेभियर्स र मुनलाईट सेमिफाइनलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २०,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्जमा जारी प्याब्सन अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार सम्पन्न खेलहरूबाट सनलाईट माध्यमिक विद्यालय क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने सेन्ट जेभियर्स र मुनलाईट माध्यमिक विद्यालय सेमिफाइनलमा पुगेका छन्।
मंगलबारको पहिलो खेलमा सनलाईट माविले अल्पाईन माविलाई फराकिलो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो। टस जितेर ब्याटिङ गरेको अल्पाईन मावि कमजोर भिजिबिलिटीका कारण ११ ओभरमा सीमित खेलमा ९ विकेट गुमाउँदै मात्र ३६ रनमै समेटियो। जवाफमा सनलाईट माविले ३७ रनको सामान्य लक्ष्य ४.२ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्दै ९ विकेटको सहज जित निकाल्यो।

दोस्रो खेलमा सेन्ट जेभियर्स माविले गौतम माविमाथि रोमाञ्चक जित दर्ता गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट जेभियर्सले १५ ओभरमा ८ विकेटको क्षतिमा ६६ रन बनायो। जवाफमा गौतम माविले संघर्षपूर्ण ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै ६२ रनमै सीमित भएपछि सेन्ट जेभियर्स ४ रनले विजयी भयो।

तेस्रो खेलमा मुनलाईट माविले मनकामना माविमाथि ५ विकेटको जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्‍यो। पहिले ब्याटिङ गरेको मनकामना माविले १५ ओभरमा ९ विकेट गुमाउँदै ८९ रनको लक्ष्य दिएको थियो। मुनलाईट माविले १४.३ ओभरमै ५ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्‍यो।

प्रतियोगिताअन्तर्गत माघ २१ गते बाँकी दुई क्वार्टरफाइनल खेल हुनेछन्। जसमा वीरगञ्ज एकेडेमी र गोल्डेन फ्युचर तथा डीएभी र सनलाईट माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सामाजिक ऐक्यबद्धताको अनुपम उदाहरण : वीरगञ्ज लेडिज सर्कलको सामूहिक विवाहमा ११ जोडी एकैसाथ वैवाहिक बन्धनमा
धर्म

सामाजिक ऐक्यबद्धताको अनुपम उदाहरण : वीरगञ्ज लेडिज सर्कलको सामूहिक विवाहमा ११ जोडी एकैसाथ वैवाहिक बन्धनमा

प्रकाशित : २०८२ माघ २०,मंगलवार
सहिद परिवारसँग रास्वपा उम्मेदवार हरि पन्तको भेटघाट, जगरनाथपुरमा घरदैलोमा जनसहभागिता
मुख्य समाचार

सहिद परिवारसँग रास्वपा उम्मेदवार हरि पन्तको भेटघाट, जगरनाथपुरमा घरदैलोमा जनसहभागिता

प्रकाशित : २०८२ माघ २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद