Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन : रूपेश पाण्डेको उपस्थितिले चुनावी माहोल तात्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २०,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — नेकपा एमाले पर्सा जिल्लाको आयोजनामा सम्पन्न बृहत् कार्यकर्ता भेलाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप तातेको छ। भेलामा युवा नेता तथा उम्मेदवार रूपेश कुमार पाण्डेको सशक्त उपस्थितिले कार्यकर्तामा नयाँ उत्साह र ऊर्जा थपिएको छ।

भेलालाई सम्बोधन गर्दै पाण्डेले नेकपा एमालेमाथि भइरहेको चौतर्फी षड्यन्त्रलाई परास्त गर्न पार्टीभित्र एकता र अनुशासन अपरिहार्य रहेको बताए। उनले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई भारी मतले विजयी गराउन कार्यकर्तालाई आह्वान गरे।

जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष एवं पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सम्पन्न भेलामा हजारौँको संख्यामा नेता–कार्यकर्ता सहभागी थिए। भेलाका क्रममा जसपासहित विभिन्न दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्।

प्रमुख अतिथि थापा ‘बादल’ले सक्षम, अनुभवी र जनउत्तरदायी उम्मेदवार एमालेको बलियो पक्ष भएको बताउँदै आगामी निर्वाचनमा पार्टीले निर्णायक जित हासिल गर्ने दाबी गरे।

पर्सा–३ मा राजनीतिक विकल्पको खोजी समाप्त भइसकेको जनधारणा बलियो बन्दै गएको देखिन्छ। विकास, राष्ट्रियता र स्थायित्वको स्पष्ट दृष्टिकोणसहित मैदानमा उत्रिएका पाण्डे पर्सा–३ का मतदाताको भरोसाको केन्द्र बन्दै गएको स्थानीयको भनाइ छ।
कार्यकर्ता र जनस्तरमा ‘पर्सा–३ मा विकल्प छैन, भरोसाको नाम एकै— रूपेश कुमार पाण्डे’ भन्ने नारा व्यापक बन्दै गएको छ। परिवर्तन चाहने मतदाताको रोजाइ नेकपा एमाले र रूपेश कुमार पाण्डेतर्फ स्पष्ट देखिन थालेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सामाजिक ऐक्यबद्धताको अनुपम उदाहरण : वीरगञ्ज लेडिज सर्कलको सामूहिक विवाहमा ११ जोडी एकैसाथ वैवाहिक बन्धनमा
धर्म

सामाजिक ऐक्यबद्धताको अनुपम उदाहरण : वीरगञ्ज लेडिज सर्कलको सामूहिक विवाहमा ११ जोडी एकैसाथ वैवाहिक बन्धनमा

प्रकाशित : २०८२ माघ २०,मंगलवार
सहिद परिवारसँग रास्वपा उम्मेदवार हरि पन्तको भेटघाट, जगरनाथपुरमा घरदैलोमा जनसहभागिता
मुख्य समाचार

सहिद परिवारसँग रास्वपा उम्मेदवार हरि पन्तको भेटघाट, जगरनाथपुरमा घरदैलोमा जनसहभागिता

प्रकाशित : २०८२ माघ २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद