Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

बुथस्तरीय चुनावी कार्यक्रमबाट कांग्रेसको शक्ति प्रदर्शन, पर्सा–१ मा अनिल रुङटालाई जिताउने संकल्प

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १९,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ।
पर्सा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटालाई विजयी गराउने उद्देश्यले वीरगन्ज महानगरपालिका वडा नं. ४ मा बुथस्तरीय चुनावी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ४ का बुथ सभापति जगदीश साह कानुको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्रीले लोकतन्त्रको रक्षा, समावेशी विकास र संविधानको संरक्षणका लागि नेपाली कांग्रेसको जित अपरिहार्य रहेको बताए। उनले उम्मेदवार अनिल रुङटालाई इमानदार, जनतामुखी र विकासप्रेमी नेता भएको उल्लेख गर्दै पर्सा–१ का मतदातालाई एकजुट भई कांग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए।

उम्मेदवार अनिल रुङटाले जनताको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दै पर्सा क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। “देशलाई सही दिशामा लैजान नेपाली कांग्रेस आवश्यक छ,” उनले भने, “लोकतन्त्र र राष्ट्रियतालाई मजबुत बनाउने जिम्मेवारी कांग्रेसकै काँधमा छ।” उनले वर्तमान परिस्थितिमा कांग्रेस सरकारमा पुग्नु देश र जनताको हितमा अनिवार्य रहेको धारणा राखेका थिए।

कार्यक्रमका अध्यक्ष जगदीश साह कानुले स्थानीय तहदेखि केन्द्रसम्म नेपाली कांग्रेसलाई बलियो बनाउनु आजको आवश्यकता भएको बताए। उनले घर–घरमा पुगेर कांग्रेसको नीति, सिद्धान्त र उम्मेदवार अनिल रुङटाको एजेन्डा प्रचार गर्न कार्यकर्तालाई आह्वान गर्दै यस निर्वाचनलाई परिवर्तन र स्थायित्वको अवसरका रूपमा लिन आग्रह गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, सचिव दिनेश चौधरी, इम्तियाज आलम, पूर्व नगर सभापति विजय सर्राफ, भोला कलवार, प्रकाश, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, सचिव अनिल सिंह, हरि यादव, किरण सरकार, मनोजा चौधरीसहित नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, दलित संघलगायत विभिन्न भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १९,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद