Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

आर्थिक रूपमा कमजोर महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले दुई महिने सिलाइ तालिम सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १९,सोमबार
A A
5
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ।
समाजका हुँदा–खाने वर्गमा सीमित नरही आर्थिक रूपमा कमजोर तथा पछाडि पारिएका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले दुई महिने सिलाइ तालिमको शुभारम्भ गरिएको छ।

महिलालाई सीप सिकाई रोजगारी तथा उद्यमशीलतातर्फ उन्मुख गराउने लक्ष्यसहित सुरु गरिएको तालिमको समुद्घाटन वीरगंज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि प्रसाद गौतमले गरेका हुन्।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले महिला सशक्तिकरण नारामा मात्र सीमित हुन नहुने उल्लेख गर्दै व्यवहारमै लागू गर्नुपर्ने आवश्यकता औंल्याए। सीपमूलक तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउन सकिए परिवार, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउने उनको भनाइ थियो।

आयोजकका अनुसार दुई महिनासम्म सञ्चालन हुने सिलाइ तालिमपछि सहभागी महिलाहरू आफ्नै सीपको प्रयोग गरी स्वरोजगार बन्ने, साना उद्यम सुरु गर्ने तथा आयआर्जन गर्न सक्षम हुने विश्वास गरिएको छ।
तालिमले महिलाको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आर्थिक स्वतन्त्रताको बाटो खोल्ने अपेक्षा गरिएको छ।

महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त तालिममा विभिन्न समुदायका आर्थिक रूपमा कमजोर महिलाहरूको सहभागिता रहेको छ। सहभागी महिलाहरूले सीप सिकेर आफ्नै खुट्टामा उभिन पाउने अवसर पाएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ माघ १९,सोमबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८२ माघ १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद