Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रास्वपा पर्साद्वारा क्षेत्र नं १ का सक्रिय सदस्यसँग अन्तरक्रिया

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १८,आईतवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले क्षेत्र नं १ का सक्रिय सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पर्साका चारै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सक्रिय सदस्यहरूको भूमिका के कस्तो हुनुपर्ने भन्ने विषयमा गहन छलफल तथा अन्तरक्रिया गरिएको थियो। छलफलका क्रममा विभिन्न तह र तप्काबाट आएका सहभागीहरूले फरक–फरक दृष्टिकोण र सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा उठेका विषयहरूलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नं। १ का उम्मेदवार हरि पन्तले प्राप्त भएका जायज सुझावहरू पार्टीले सहर्ष ग्रहण गर्ने बताउनुभयो। उहाँले फाल्गुन २१ गते नेपाली जनताले वर्षौँदेखि समाजमा जरा गाडेर बसेको भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र कृपावादविरुद्धको विद्रोहलाई मतपेटिकामार्फत जवाफ दिने विश्वास व्यक्त गर्नुभयो।

सभापति पन्तले कार्यक्रममा पार्टी सदस्यहरूको उल्लेखनीय उपस्थिति आफू र पार्टीका लागि हौसला बनेको उल्लेख गर्दै पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाको जित सुनिश्चित हुने दाबी गर्नुभयो।

सयौँ रास्वपा शुभेच्छुकहरूको सहभागिता रहेको कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मियाँलगायत नेताहरूको उपस्थिति रहेको थियो। सहसचिव कृष्ण पास्वानले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ माघ १८,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ माघ १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद