Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल पत्रकार महासंघ पर्साद्वारा होमनाथ दाहालप्रति श्रद्धाञ्जली

by प्रणय साह
प्रकाशित : २०८२ पुष २७,आईतवार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्वसभापति तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

८४ वर्षको उमेरमा यही पुस २५ गते निधन भएका दाहालप्रति गहिरो दुःख व्यक्त गर्दै महासंघले केन्द्रीय निर्णयअनुसार तीन दिनसम्म केन्द्रीय, प्रदेश तथा जिल्ला शाखासहित प्रतिष्ठान, एसोसिएट र संस्थागत तहमा कुनै औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पर्सा शाखाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो।

श्रद्धाञ्जली कार्यक्रममा महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले स्व। दाहालको तस्बिरमा फूलमाला, पुष्पगुच्छा, टीका र अगरबत्ती अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे। कार्यक्रममा उपस्थित पत्रकारहरूले दाहालले नेपाली पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान, उनको जीवनसंघर्ष र समाजप्रतिको समर्पणको स्मरण गर्दै सम्मान प्रकट गरे।

कार्यक्रममा स्व। दाहालको तस्बिरमा पुष्पमाला अर्पण गरी मौनधारणसमेत गरिएको थियो। सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ पुष २७,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ पुष २७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद