Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

वीरगन्जमा स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर १२,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज। वीरगन्जको भन्सार क्षेत्र नजिकै प्रहरीले स्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारत बिहार, मोतिहारी–रक्सौल निवासी ५३ वर्षीय सुरेन्द्र साह हुन्।

साह सीमापारी रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका बेला उनी चढेको मधेस प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई प्रहरी अनुसन्धान टोलीले वीरगन्ज–१६, रजत जयन्ति चोकमा रोक दिएको थियो। चेकजाँचका क्रममा मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइ राखिएको रकम फेला परेको पर्साका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

बरामद रकममध्ये

१,००० रूपैयाँ दरका ७०० थान,

५०० रूपैयाँ दरका ६०० थान
रहेका थिए—जसको कूल रकम १० लाख रुपैयाँ भएको प्रहरीले जनाएको छ।

साहले रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको डिएसपी बस्नेतले बताए। बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित रहेको प्रारम्भिक अनुमान छ। पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान जारी छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८२ मंसिर १२,शुक्रबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८२ मंसिर १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद