Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रसुवा बाढीपछि परवानीपुर ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन

by प्रणय साह
प्रकाशित : २०८३ भाद्र ११,बिहीबार
A A
6
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

बारा । रसुवा जिल्लामा आएको बाढीपछि बाराका १५ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा परवानीपुर गाउँपालिका–५, बहुअरी निवासी ३५ वर्षीय नमो नारायण सिंह पनि रहेका छन्।

परवानीपुर–५ निवासी प्रभु पटेलका जेठा छोरा नमो नारायण सिंह ट्रक चालक हुन्। उनी सामान ढुवानीका लागि ट्रक लिएर रसुवा भन्सार क्षेत्रमा पुगेका बेला बाढी आएपछि परिवारसँग सम्पर्कविहीन भएका हुन्। सिंहको अवस्था हालसम्म अज्ञात रहेको परिवारजनले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक गरेको विवरणअनुसार रसुवामा बाढी आएपछि बाराका विभिन्न स्थानीय तहका १५ जना पुरुष सम्पर्कमा आएका छैनन्। उनीहरू रोजगारी, सरकारी सेवा तथा मालसामान ढुवानीलगायतका कामका लागि रसुवा पुगेका थिए।

प्रशासनको विवरणअनुसार कलैया उपमहानगरपालिका–२२ का सत्य प्रकाश राम, आदर्श कोतवाल गाउँपालिका–१ का अंकित पटेल, प्रसौनी गाउँपालिका–३ का जितेन्द्र कुमार दास, कलैया–२३ का श्रीनिवास मण्डल, जीतपुरसिमरा–१६ का रजित श्रेष्ठ, करैयामाई–२ का धिरज चौधरी, सुवर्ण–५ का रुपेश कुमार साह, सुवर्ण–४ का रमेश कुमार यादव, निजगढ–९ का राज विष्ट, निजगढ–९ का दिनेश परिवार, कलैया–६ का देवेश भट्टराई, सुवर्ण–१ का सुरज कुमार साह र निजगढ–८ का उत्तम न्यौपाने पनि सम्पर्कविहीन छन्।

सम्पर्कविहीनमध्ये केही त्रिशूली हाइड्रोपावर, अपर त्रिशूली–३बी परियोजना तथा अन्य कार्यस्थलमा कार्यरत थिए भने केही ट्रक तथा कन्टेनरमार्फत सामान ढुवानीका लागि रसुवा पुगेका थिए।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार उनीहरू सम्पर्कविहीन भएको जानकारी आफन्त तथा परिवारजनले प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC), सशस्त्र प्रहरी तथा प्रशासन कार्यालयमा गराएका छन्।

प्रशासनले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिन सम्बन्धित सुरक्षा निकायसँग समन्वय भइरहेको जनाएको छ। साथै, उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित आपत्कालीन उद्धार निकायमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८३ भाद्र ११,बिहीबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८३ भाद्र ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद