Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक २८,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) पर्सा जिल्ला समिति र वीरगंज महानगर समितिको संयुक्त आयोजनामा शुक्रबार “बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” अन्तर–विद्यालय स्तरीय प्रतियोगिता सम्पन्न भयो। प्रतियोगिता बीरगंज पब्लिक कलेजको नयाँ भवन, पानिटकीमा आयोजना गरिएको थियो।

“Let All the National Private & Boarding Schools Be Unite” भन्ने नारासहित आयोजित कार्यक्रममा कक्षा ८ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। क्विज मास्टरको भूमिका छेडुप लामाले निर्वाह गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतामा यस्ता गतिविधिले महत्वपूर्ण योगदान पुर्‍याउने बताए। “शिक्षालाई गुणस्तरीय, अनुशासित र व्यवहारिक बनाउन महानगरले निरन्तर सहयोग गर्दै आएको छ,” उनले भने।

पर्साका ११ विद्यालय सहभागी रहेको प्रतियोगितामा नतिजा यसप्रकार रहेको छः

प्रथम : एन्जल इंग्लिस बोर्डिङ स्कुल

द्वितीय : विधा सदन इंग्लिस बोर्डिङ स्कुल

तृतीय : लर्ड बुद्ध स्कुल

विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। आज उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीले भोलि घन्टाघरस्थित क्लासिक बैंक्वेटमा हुने प्रदेशस्तरीय प्रतियोगितामा पर्साको प्रतिनिधित्व गर्नेछन्।

कार्यक्रम नेसनल प्याब्सन पर्साका अध्यक्ष रामकुमार श्रेष्ठ र महानगर समितिका अध्यक्ष सोनालाल पटेलको संयुक्त अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा शिक्षाविद्, विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सुर्यानारायण बिकले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ कार्तिक २८,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ कार्तिक २८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद