Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक २४,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत वीरगंज नर्सिङ क्याम्पस, वीरगंज–विर्ता–०४, पर्साद्वारा आयोजित स्वास्थ्य प्रदर्शनी कार्यक्रम आज वीरगंज–१२ स्थित मुर्ली पोखरीको प्राङ्गणमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वास्थ्य शिक्षा र चेतनाको प्रसारका यस्ता गतिविधिहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले नर्सिङ अध्ययनरत विद्यार्थीहरूलाई “आगामी दिनमा अझ समर्पित र प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रेरणा प्राप्त होस्” भन्ने शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगंज नर्सिङ क्याम्पसकी प्रमुख कल्पना पौडेल, क्याम्पसका प्राध्यापकहरू, विद्यार्थी, विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रदर्शनीमा विद्यार्थीहरूले स्वास्थ्य जनचेतना सम्बन्धी विभिन्न मोडेलहरू प्रदर्शन गर्दै पोषण, सरसफाइ, मातृ–शिशु स्वास्थ्य, रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य, तथा रोग रोकथामका उपायहरूबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा सहयोगीका रूपमा वीरगंज महानगरपालिका वडा कार्यालय मुर्ली–१२ र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगंज रहेका थिए।

कार्यक्रमको समापन सत्रमा आयोजक समितिले सहभागी विद्यार्थी, अतिथि तथा सहयोगी संस्थाहरूप्रति आभार प्रकट गर्दै स्वास्थ्य, शिक्षा र सामाजिक उत्तरदायित्वमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ कार्तिक २४,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ कार्तिक २४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद