Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा महिलामाथि बोक्सीको आरोपमा कुटपिट र कपाल काट्ने अमानवीय व्यवहार

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १५,बुधबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बारा — बाराको सुवर्ण गाउँपालिका–८ मझरिया गाउँमा एक महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट गरी कपाल काट्ने अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ।

पीडित ३३ वर्षीया सुरुजकली देवीलाई असोज ११ गते गाउँकै केही व्यक्तिहरूले बोक्सीको आरोपमा निर्घात कुटपिट गर्नुका साथै अर्धनग्न बनाउँदै कपाल काटेका थिए।

जिल्ला प्रहरी कार्यालय बारामा दर्ता गरिएको जाहेरी अनुसार, बाबुसाहेब यादव, लालदेव पंडित, बिक्रम पंडित र सुरेश यादव नामका व्यक्तिहरूले सुरुजकलीमाथि आक्रमण गरेका हुन्।

घटनाको पृष्ठभूमिमा पीडितको निजी जमिनमा आरोपितले जबरजस्ती बाटो बनाएको विषयमा गाउँको प्रहरी चौकीमा उजुरी दिन जाँदै गर्दा उनीहरू बाटोमै रोकी बोक्सीको आरोप लगाउँदै हमला गरेको उल्लेख छ। आरोपितहरूले लुगा च्याते, कपाल काटे र शारीरिक तथा मानसिक यातना दिए।

पीडित सुरुजकली देवीले भनिन्

“मलाई बोक्सीको आरोप लगाएर निर्घात कुटपिट गरे। लगाएको लुगा च्यातिदिए, अनि कपाल पनि काटिदिए। ती मान्छे होइनन् पशु हुन्। म न्यायको माग गर्छु। उनीहरूलाई कडा कारबाही होस्।”

उनका पति भूषण कुमार पंडित काठमाडौंमा रोजगारीमा रहेको बेला घटना भएको हो। उनले बताएस्

“छोरीको रुँदै गरेको फोन पाएपछि थाहा पाएँ। त्यो सुनेपछि म तत्काल काठमाडौंबाट घर फर्किएँ। यस्तो बर्बर व्यवहार मेरो श्रीमतीमाथि हुन्छ भन्ने सोच्नै सक्दिन।”

प्रहरी कारबाही

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक दिलीप थापाका अनुसार, चार आरोपितमध्ये ५३ वर्षीय लालदेव पंडितलाई पक्राउ गरिएको छ। बाँकी तीन जना फरार छन्, र उनीहरूको खोजी जारी छ।

चारै जनाविरुद्ध अपमानजनक र अमानवीय व्यवहार तथा बोक्सी आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद