Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज कपडा बैंकद्वारा दशैंको अवसरमा ९५० थान निस्शुल्क कपडा वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज – दशैंको पावन अवसरमा वीरगन्ज कपडा बैंकले घण्टाघरमा निस्शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार सम्पन्न कार्यक्रममा नयाँ र पुराना गरी करिब ९५० थान कपडा गरीब, असहाय तथा विपन्न वर्गलाई वितरण गरिएको कपडा बैंकका सचिव कन्हैया पटेलले जानकारी दिएका छन्।

कार्यक्रमको अध्यक्षता कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ सल्लाहकार तथा समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता रहेका थिए। उनले आफ्नो मन्तव्यमा मानवतावादी सेवामा सबैले सहभागी हुनुपर्ने आवश्यकता औँल्याउँदै भनेस्

ूहामी सबैले आफ्नो आम्दानीको कम्तीमा ५ प्रतिशत हिस्सा दुःखी–असहायको सेवामा खर्च गर्नुपर्छ। मानव सेवा नै सर्वोत्तम धर्म हो। दशैं सत्य, हर्ष, एकता र भाइचाराको पर्व हो, यसलाई शान्तिपूर्ण ढंगले मनाऔं।ू

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत, श्रवण बहादुर रायमाझी, रुपशिला जैसवाल, घण्टाघर प्रहरी पोस्टका प्रमुख असई राम बिनोद झा, उपाध्यक्ष प्रकाश थारु, सदस्यहरू निला कुमारी राम, जानकी देवी, हरेन्द्र पटेल, नवराज भट्टराई, केदार गुप्ता, राजेश श्रीवास्तव, राहुल सिंह राजपुत, उज्ज्वल कुमार महरा, तथा पत्रकार शम्भु महतो थारु, अजित भुजेल, राज सराफ, निरञ्जन साह, सन्तोष कुश्वाहा, अर्जुन चौधरी लगायतको उपस्थिति रहेको थियो।

विशिष्ट अतिथि प्रकाश उपाध्यायले चाडपर्वको समयमा नयाँ कपडा किन्न नसक्ने अवस्थाका व्यक्तिहरूलाई लक्षित गरी यस्ता कार्यक्रमले ठूलो राहत पुर्‍याउने बताए। उनले सामाजिक उत्तरदायित्व स्वरूप कपडा बैंकको अभियानमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष लालबाबू सिंहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई दशैंको शुभकामना दिएका थिए।

कपडा बैंकले हरेक आइतबारदेखि शुक्रबार बिहान १०/३० देखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयबाट निःशुल्क कपडा वितरण सेवा उपलब्ध गराउँदै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद