Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

खानेपानी संकटमा मानवता – समाजसेवी अजय कुमार गुप्ताद्वारा वडामा निःशुल्क पानी वितरण सुरू

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २५,बुधबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — वीरगंज महानगरपालिका वडा नं. १० मा समाजसेवी अजय कुमार गुप्ताद्वारा वडामा निःशुल्क पानी वितरण सुरू गरेका छन् । पछिल्ला केही महिनादेखि वीरगंज महानगरपालिका र आसपासका क्षेत्रहरूमा चापाकल सुकेर गम्भीर खानेपानी संकट उत्पन्न भएको छ। यस्तो संकटको बेला वीरगंज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष पदका उम्मेदवार तथा समाजसेवी अजय कुमार गुप्ताले अभूतपूर्व मानवता र सेवा भावनाका साथ निःशुल्क पानी वितरण सुरू गरेका हुन्।


गुप्ताले सखुवा प्रसौनी गाउँपालिकाबाट वारुण यन्त्र (दमकल) मार्फत पानी ल्याई वडाभित्र ट्याङ्कीमा भरेर वितरण गर्ने कार्य थाल्नुभएको हो। उहाँ आफैं घर–घर पुगेर पानी बाँडिरहनुभएको छ, ताकि कुनै पनि परिवार पानीको अभावमा नपरोस्।

यस मानवीय सेवामा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले दमकल उपलब्ध गराई महत्वपूर्ण साथ दिएका छन्।

गुप्ताले भने यो समय राजनीतिक लाभको होइन मानव सेवाको हो। चापाकल सुक्नुले सर्वसाधारणले भोगिरहेको समस्या देखेर उहाँले राजनीतिक प्रचारभन्दा माथि उठेर सेवाको बाटो रोजेका छन्। उहाँले समस्या समाधान नहुन्जेलसम्म यो सेवा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

स्थानीयवासीहरूले गुप्ताको प्रयासलाई अत्यन्त सकारात्मक, साहसी र अनुकरणीय भन्दै खुलेर प्रशंसा गरेका छन्।

वीरगंजका विभिन्न वडामा पानी वितरणमा पक्षपात भइरहेको गुनासो आइरहेको बेला, गुप्ताले आम नागरिकलाई प्राथमिकतामा राखेर देखाएको निष्पक्ष सेवा उल्लेखनीय रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार २५,बुधबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८२ असार २५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद