Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा मोहर्रमको अवसरमा सामाजिक सद्भाव भङ्ग गर्ने प्रयास विफल, प्रशासनको चनाखो भूमिकाको प्रशंसा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २२,आईतवार
A A
4
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । मोहर्रम पर्वको अवसरमा वीरगन्जमा सामाजिक सद्भाव भङ्ग गर्ने गम्भीर प्रयास गरिएको घटनालाई स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले समयमै हस्तक्षेप गरी विफल पारेका छन्।

आजको मोहर्रमको ताजिया कार्यक्रमलाई सर्वदलीय निर्णय विपरीत आदर्शनगर रंगशाला लैजाने प्रयास गरिएको थियो। यो कदमले स्थानिय समुदायबीच तनाव उत्पन्न गर्ने सम्भावना बढेपछि स्थिति संवेदनशील बन्न पुगेको थियो।

यसअघि, बिहीबार बसेको सर्वदलीय बैठकले ताजिया जुलुस तथा कार्यक्रम पुरानो बसपार्क क्षेत्रमै सीमित गर्ने निर्णय गरेको थियो। बैठकमा आदर्शनगर रंगशालालाई खेलकुद प्रयोजनका लागि सुरक्षित राख्ने सहमति सबै पक्षबीच भएको थियो।

तर, उक्त निर्णयको अवज्ञा गर्दै १०–१५ जनाको समूहले ताजिया रंगशालातर्फ लैजाने प्रयास गरेपछि सुरक्षा निकायहरू सतर्क बने। प्रहरी प्रशासनले सुझबुझ, संयमता र रणनीतिक तयारी सहित ताजियालाई रंगशालामा प्रवेश गर्न रोक्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको हो।

कुनै पनि झडप वा हिंसात्मक घटना नहोस् भन्ने उद्देश्यले सुरक्षाकर्मीहरूलाई संवेदनशील बिन्दुहरूमा तैनाथ गरिएको थियो।

घटनापछि स्थानीय नागरिक, धार्मिक अगुवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले प्रशासनको सूझबुझपूर्ण भूमिकाको प्रशंसा गरेका छन्। मुस्लिम समुदायका अगुवाहरूले समेत सामाजिक सद्भाव जोगाउन सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले भनेका छन्, ूनिर्णय लत्याएर कार्यक्रम गर्न खोज्नु भनेको सद्भाव भङ्ग गर्ने षड्यन्त्र हो।ू

यस घटनाले धार्मिक पर्वलाई राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रयास भएको आशंका जन्माएको छ। नागरिक समाजका विश्लेषकहरूका अनुसार, ूधार्मिक भावनालाई राजनीतिक शक्ति प्रदर्शनमा रूपान्तरण गर्न खोज्नु दीर्घकालीन रूपमा समाजका लागि घातक हुन सक्छ।ू

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ असार २२,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद