धनुषा । धनुषाको विदेह नगरपालिका–२ स्थित वैदेही दुहबीमा तस्कर समूह र सशस्त्र प्रहरीबीच भएको भीडन्तमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।
बिहीबार साँझ करिब ७ बजे दशगजानजिक आँपको बगैँचामा लुकाएर राखिएको तस्करीको सामग्री बरामद गर्न गएको प्रहरी टोलीमाथि करिब सय जना तस्करले घरेलु हतियार, भाटा र ढुंगामुढासहित आक्रमण गरेका थिए।
सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० निर्मल खड्काका अनुसार करिब ३० जनाको प्रहरी टोलीले सूचना आधारमा बगैँचामा छापा मारेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको थियो।
घाइते प्रहरीहरुको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले आक्रमणकारीको खोजी तीव्र पारेको जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस



