Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सप्तरीमा एडभान्स अस्पतालभित्रै दलित महिलामाथि बलात्कार प्रयास, आरोपित ल्याब असिस्टेन्ट पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १८,बुधबार
A A
file photo

file photo

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी जिल्लाको खडक नगरपालिकास्थित कल्याणपुर बजारमा रहेको एडभान्स अस्पतालभित्रै एक स्वास्थ्यकर्मीद्वारा उपचारका लागि आएकी २१ वर्षीया दलित महिलामाथि बलात्कार प्रयास भएको गम्भीर घटना सार्वजनिक भएको छ।

घटनाका आरोपी ल्याब असिस्टेन्ट श्याम कुमार मण्डललाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

खडक नगरपालिका वडा नं। ८, बिसनपुरकी पीडित महिला बिहीबार राती करिब ११ बजे किड्नीको पत्थरीका कारण पिसाब अडिएर पेट दुखेपछि एम्बुलेन्सबाट अस्पताल उपचारमा पुगेकी थिइन्।

पीडितका अनुसार, अस्पताल पुग्ने वित्तिकै ल्याब असिस्टेन्ट मण्डलले उनलाई भिडियो एक्स(रे कक्षमा लगेर आफ्ना गोप्य अंगमा अनुचित रूपमा हात हाल्ने र जबरजस्ती गर्ने प्रयास गरेका थिए। पीडितले घटनाक्रम बर्णन गर्दै भनिन् कि, मण्डलले उनको ओठमा दाँतले टोक्न खोजेपछि डराएर भाग्न सफल भएकी छन्।

घटना छोप्न र परिवारले विश्वास नगर्न सक्ने डरले पीडितले तत्काल परिवारलाई सम्पूर्ण कुरा बताउन सकेकी थिइनन्। तर बिहान श्रीमानलाई जानकारी दिएपछि प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

अस्पतालका संचालक दुर्गानन्द साहले आफूलाई घटनाको जानकारी नभएको र प्रहरी अस्पताल आएपछि मात्रै थाहा लागेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार, आरोपितलाई तत्काल पक्राउ गरी विस्तृत अनुसन्धान जारी छ र पीडितलाई आवश्यक सहयोग प्रदान गरिने छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ असार १८,बुधबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८२ असार १८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद