Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपकार सेवा नेपालद्वारा इनर्वास्थित विद्यालयका ५० बालबालिकालाई शैक्षिक सामग्री वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २२,बिहीबार
A A
13
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — उपकार सेवा नेपालको पूर्ण सहयोगमा वीरगञ्ज महानगरपालिका–१६, इनर्वास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

बालबालिकाहरूको नियमित विद्यालय उपस्थिति सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रत्येक विद्यार्थीलाई कापी, पेन्सिल, कटर र स्कुल झोला वितरण गरिएको हो। वितरण कार्यक्रम इनर्वास्थित स्थानीय धर्मशालामा एक साधारण समारोहबीच सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी अभिभावक पद्मा देवी सरावगी, सदस्य सुमन बगेडिया, सामाजिक अभियन्ता प्रकाश थारू, युवा नेता ओम प्रकाश सर्राफ, युवा अभियन्ता सञ्जय कुमार सिंह, साथै स्थानीय समाजसेवी सिनोद साह र नरेश राम लगायतको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बालबालिकाको शिक्षामा साना सहयोगहरूले पनि ठूलो परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरे। साथै, विद्यालयमा बालबालिकालाई आकर्षित गरी शिक्षामा निरन्तरता दिन यस्ता पहलहरू फलदायी हुने विश्वास व्यक्त गरिएको थियो।

स्थानीय अभिभावक र विद्यालय परिवारले उपकार सेवा नेपालप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्य निरन्तर भइरहने अपेक्षा व्यक्त गरेका थिए।

कार्यक्रमले शिक्षा प्रति अभिरुचि र जागरूकता बढाउनेतर्फ सकारात्मक प्रभाव परेको बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ २२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद