बारा – बाराको सदरमुकाम कलैयामा आइतबार दिउँसो टिपरको ठक्करबाट एक पाँच वर्षीय बालिकाको मृत्यु भएको छ।
मृत्यु भएकी बालिका भारतको बिहार राज्य घोडासहनकी शीवानी गुप्ता हुन्, जो हाल कलैया उपमहानगरपालिका–२४ स्थित मामाघरमा बस्दै आएकी थिइन्।
दिउँसो करिब २:३० बजे, कलैया उपमहानगरपालिका–१ स्थित बालमन्दिर अगाडिको सडक पार गर्ने क्रममा ना १ क ८०५६ नम्बरको टिपरले उनलाई ठक्कर दिँदै किचेको थियो।
गम्भीर घाइते अवस्थामा शीवानीलाई उपचारका लागि नौतनस्थित एलएस न्यूरो अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस



