Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

खेलकुद क्षेत्रको बिकास आजको समयमा आवश्यक रहेको – मन्त्री जयस्वाल

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २०,बुधबार
A A
3
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

खेलकुद क्षेत्रको बिकास आजको समयमा आवश्यक रहेको छ । बुधबार परवानीपुर गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्षकपको उद्धघाट्नको क्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले बताउनु भएको छ ।
परवानीपुर गाउँपालिकामा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उदघाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका मन्त्री जयसवालले खेल र खेलाडीको बिकासका लागि बताउनु भएको हो । आर्थिक बर्ष २०८२।०८३ को बजेट निर्माण गर्ने कार्य भइरहेकोले परवानीपुर गाउँपालिकाको वडा नम्बर १ बुनियाद खेल मैदानमा आवश्यक पर्ने खेल पुर्वाधारका लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता गर्नुभएको छ । मधेश प्रदेशको सम्पुर्ण जिल्लामा समेत एउटा एउटा खेल मैदान निर्माण गर्ने लक्ष्य मधेश प्रदेश सरकारको रहेको मन्त्री जयसवालले जानकारी गराउनु भएको छ ।

दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उदघाटन कार्यक्रममा अध्यक्षता ग्रहण गरेका परवानीपुर गाउँपालिकाको गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मिले खेलाडीहरुलाई यस अघि नै खेलकुद सामाग्री वितरण गरिसकेको बताउनु भएको छ । गापा अध्यक्ष कुर्मीले युवाहरुलाई अनुशासनमा राख्दै दक्ष नागरिक बनाउन खेलकुदको बिकास जरुरी रहेको बताउनु भयो ।

परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले उदघाटन कार्यक्रममा स्वागत मन्तब्य राख्दै खेल तालीका बारे बोल्दै ५ वटा वडा टिम र एक गाउँपालिकाको कर्मचारी टिम गरी ६ वटा खेलाडी टिम रहेको बताउनु भएको छ । यस प्रतियोगिताको फाईनल खेल यहि ३० गते हुने भएकोले यहाँ जित र पराजितको लागि प्रतियोगिता नभई दक्ष खेलाडी उत्पादनका लागी खेलको आयोजना गरीएको बताउनु भएको छ।

सो अवसरमा परवानीपुर गाउँपालिकाको उपाध्यक्ष सुगान्धी देबी कनुईन , प्रदेश सभा सदस्य रबिन दास श्रेष्ठ , देव नारायण चौधरी, प्रसौनी गाउँपालिकाको गाउँपालिका अध्यक्ष बिनोद जयसवाल, परवानीपुर गाउँपालिकाको सम्पुर्ण वडाको वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरु लगायत स्थानिय खेलप्रेमी सहित सँचारकर्मिहरुले उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगिताको पहिलो खेलमा बडा नम्बर १ र वडा नम्बर ३ को खेलाडी टिमको बिचमा भएको प्रतियोगितामा वडा नम्बर ३ को टिम शुरुवाती बिजय हासिल गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८१ चैत्र २०,बुधबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८१ चैत्र २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद