Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

खेलकुद क्षेत्रको बिकास आजको समयमा आवश्यक रहेको – मन्त्री जयस्वाल

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २०,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

खेलकुद क्षेत्रको बिकास आजको समयमा आवश्यक रहेको छ । बुधबार परवानीपुर गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्षकपको उद्धघाट्नको क्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले बताउनु भएको छ ।
परवानीपुर गाउँपालिकामा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उदघाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका मन्त्री जयसवालले खेल र खेलाडीको बिकासका लागि बताउनु भएको हो । आर्थिक बर्ष २०८२।०८३ को बजेट निर्माण गर्ने कार्य भइरहेकोले परवानीपुर गाउँपालिकाको वडा नम्बर १ बुनियाद खेल मैदानमा आवश्यक पर्ने खेल पुर्वाधारका लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता गर्नुभएको छ । मधेश प्रदेशको सम्पुर्ण जिल्लामा समेत एउटा एउटा खेल मैदान निर्माण गर्ने लक्ष्य मधेश प्रदेश सरकारको रहेको मन्त्री जयसवालले जानकारी गराउनु भएको छ ।

दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उदघाटन कार्यक्रममा अध्यक्षता ग्रहण गरेका परवानीपुर गाउँपालिकाको गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मिले खेलाडीहरुलाई यस अघि नै खेलकुद सामाग्री वितरण गरिसकेको बताउनु भएको छ । गापा अध्यक्ष कुर्मीले युवाहरुलाई अनुशासनमा राख्दै दक्ष नागरिक बनाउन खेलकुदको बिकास जरुरी रहेको बताउनु भयो ।

परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले उदघाटन कार्यक्रममा स्वागत मन्तब्य राख्दै खेल तालीका बारे बोल्दै ५ वटा वडा टिम र एक गाउँपालिकाको कर्मचारी टिम गरी ६ वटा खेलाडी टिम रहेको बताउनु भएको छ । यस प्रतियोगिताको फाईनल खेल यहि ३० गते हुने भएकोले यहाँ जित र पराजितको लागि प्रतियोगिता नभई दक्ष खेलाडी उत्पादनका लागी खेलको आयोजना गरीएको बताउनु भएको छ।

सो अवसरमा परवानीपुर गाउँपालिकाको उपाध्यक्ष सुगान्धी देबी कनुईन , प्रदेश सभा सदस्य रबिन दास श्रेष्ठ , देव नारायण चौधरी, प्रसौनी गाउँपालिकाको गाउँपालिका अध्यक्ष बिनोद जयसवाल, परवानीपुर गाउँपालिकाको सम्पुर्ण वडाको वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरु लगायत स्थानिय खेलप्रेमी सहित सँचारकर्मिहरुले उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगिताको पहिलो खेलमा बडा नम्बर १ र वडा नम्बर ३ को खेलाडी टिमको बिचमा भएको प्रतियोगितामा वडा नम्बर ३ को टिम शुरुवाती बिजय हासिल गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८१ चैत्र २०,बुधबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८१ चैत्र २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद