Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

गाउँमै डेरी उद्योग सञ्चालनमा ल्याएपछि कृषक विभिन्न समस्याबाट मुक्त

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
A A
file photo

file photo

3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

हिले। गाउँमै डेरी उद्योग सञ्चालनमा ल्याएपछि कृषक विभिन्न समस्याबाट मुक्त भएका छन् ।

अहिले अन्य क्षेत्रका कृषकले महिनौँसम्म भुक्तानी नपाउँदा यहाँ स्थानीयलाई न भुक्तानीमा समस्या छ न त उत्पादन भएको दुधलाई बजारको समस्या नै । जति दुध उत्पादन हुन्छ गाउँमै बिक्री हुन्छ । स्थानीय वीरबहादुर मगर डेरी उद्योग गाउँमै स्थापना भएपछि धेरै सहज भएको बताउनुहुन्छ । “गाउँमा डेरी नहुँदा हामी थोरै दुध उत्पादन गर्ने कृषक छोड्ने अवस्थामा पुगेको थियौँ तर अहिले गाउँमै डेरी उद्योग आएपछि धेरै सहज भएको छ,” मगर भन्नुहुन्छ ।

दुध सङ्कलन गर्ने डिडिसीको डिपोसम्म पु¥याउन पनि निकै समस्या थियो । बर्खाको समयमा त बाटो भत्किँदा डिपोसम्म दुध पु¥याउन नपाउँदा बाटैबाट फर्काउनु पर्दथ्यो । उहाँले भने जस्तै गाउँमा डेरी नहुँदा तीन वर्षअघिसम्म धनकुटाको महालक्ष्मी नगरपालिका–२, मूलखर्कका कृषक दुध बेच्न घन्टौँ हिँड्नु पथ्र्यो । डिडिसी तथा अन्य निजी डेरीलाई दुध बेच्नु पथ्र्यो । कहिले दुध बिदा ९मिल्क होलिडे० त कहिले समयमै भुक्तानी नपाउँदा कृषकले निकै दुःख खेप्नु परेको थियो । पछिल्लो समय दुग्ध विकास संस्थानले दुधको भुक्तानी समयमा नदिँदा धेरै कृषकलाई यो पेसा निल्नु न ओकल्नु बनेको छ । महिनौँ भुक्तानी नपाउँदा कृषक समस्यामा छन् ।

महालक्ष्मी नगरपालिका–२ मा भने गाउँमा उत्पादन गरेको दुध गाउँमै खपत हुन्छ । न दुध नबिक्ला भन्ने पीर छ न दुधको भुक्तानीको चिन्ता । जति दुध उत्पादन हुन्छ, गाउँकै डेरीमा ल्याउँछन् र महिना मरेपछि पैसा पाउँछन् । अहिले दुध बिक्री र भुक्तानीमा कुनै समस्या नरहेको स्थानीय राजन कटुवाल बताउनुहुन्छ । हामीलाई न दुध बेच्न समस्या छ न भुक्तानीका लागि महिनौँ पर्खनु पर्छ अन्यत्र समस्या छ भन्ने सुनिन्छ तर हाम्रोमा कुनै समस्या छैन कटुवाल भन्नुहुन्छ ।

स्थानीय सीताराम कटुवालले गाउँमै दाजुभाइ डेरी उद्योग सञ्चालनमा ल्याउनुभएको हो । सुरुमा करिब तीन लाख लगानी गरेर सुरु गरेको डेरी उद्योगमा अहिले लगानी करिब १० लाख नाघेको छ । गाउँमा डेरी उद्योग स्थापना भएर दुध खपत हुन थालेपछि गाउँमा दुग्ध उत्पादक कृषक तथा दुध उत्पादनसमेत बढेको छ ।

तीन वर्षअघि डेरी सुरु गर्दा करिब दैनिक तीन सय लिटर मात्र दुध सङ्कलन हुने गरेकोमा अहिले दैनिक आठ सय लिटरभन्दा बढी दुध सङ्कलन हुन्छ । यहाँका करिब १५० परिवार दुग्ध उत्पादन व्यवसायमा आबद्ध छन् । सङ्कलन भएको दुधबाट घिउ र छुर्पी बन्छ र तराईका बजारमा निकासी हुन्छ । सभारगोरखापत्र अनलाइन,कविराज घिमिरे

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद