Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

मंसिर २२ देखि दोश्रो एनआरएनए इलाम गोल्डकप

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

इलाम। एनआरएनए इलाम गोल्डकपको दोश्रो संस्करण आगामी मंसिर २२ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक रेडहर्स फुटवल क्लब इलामले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराएको हो ।

गतबर्षदेखि शुरु भएको एनआरएनए इलाम गोल्डकप प्रतियोगिताको दोश्रो संस्करण मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा संकटा, त्रिभुवन आर्मी, चर्च बोइज युनाइटेड, एनआरटी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका सदस्य निरोज खड्गीले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रथम पुरस्कार १० लाख रुपैयाँ र दोश्रो पुरस्कार ५ लाख रुपैयाँ रहेको छ ।प्रतियोगिताका लागि इलाम नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ भने तारा रोजु सापकोटा च्यारिटेवल ट्रष्टले दोश्रो पुरस्कारका लागि रु ५ लाख उपलब्ध गराएका छन् ।

प्रतियोगिता सम्पन्न गर्दासम्म कुल ९० लाख खर्च हुने आयोजकले अनुमानित बजेट बनाएको संस्थाका सचिव प्रकाश घिमिरेले बताउनु भयो ।सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु ११ हजार रुपैयाँले पुरस्कृत गरिने तथा म्यान अफ द म्याचलाई रु ७ हजार पाँचसय रुपैयाँले पुरस्कृत गरिनेछ। पत्रकार सम्मेलनमै आयोजक संस्था रेडहर्स फुटबल क्लबका अध्यक्ष सांगे येल्मुले ‘इलाम गोल्डकप स्पोर्ट्स जर्नालिजम अवार्ड’को घोषणा समेत गर्नुभएको छ ।

जुन अवार्ड इलामको खेलक्षेत्रमा योगदान पु¥याउने सञ्चारकर्मीलाई सो अवार्ड प्रदान गरिने आयोजकले बताएको छ । अघिल्लो संस्करणमा उपाधि न्युरोड टिम एनआरटीले जितेको थियो । विजेताले नगद ५ लाख र उपविजेता विर्तामोड युनाइटेडले ३ लाख नगद पुरस्कार प्राप्त गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद